
रुपन्देही । सितारा बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिबेशन शनिबार तिलोत्तमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनको उद्घाटन जिल्ला सहकारी संघका महासचिव दामोदर पंगेनीले गर्नु भयो ।
सहकारीका अध्यक्ष मातृका ज्ञवालीको अध्यक्षतामा भएको सभामा बोल्दै प्रमुख अतिथि पंगेनीले नेपालमा रहेका ३१ हजार सहकारी मध्ये १ सय सहकारीमा समस्या श्रृजना भएको सबै सहकारीलाई एकै रुपमा तुलना नगरि बास्तबिकता बुझन बचत कर्तालाई आग्रह गर्नुभयो।
दैनिक सहकारीको मात्र मिडियामा समाचार आउने भएको बताउँदै बचतकर्ताहरुले सहकारीको अबस्था कस्तो छ बुझ्नु पर्ने बताउनुभयो।
सहकारी संस्थाले पनि आफना बचत कर्ताहरूलाई सहकारी शिक्षा दिएर आफनो सहकारीको अबस्था बारे जानकारी गराउनु पर्ने बताउनुभयो ।
पंगेनीले सहकारीहरू ऐन, नियम र कानून अनुसार सञ्चालन भएकाहरुमा कुनै समस्या नभएको समेत बताउनु भएको छ । सितारा सहकारीमा कुनै समस्या नभएको वार्षिक प्रतिबेदन देखाएको उहाँले बताउनुभयो ।
सहकारीका अध्यक्ष मातृका ज्ञवालीले सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गत वर्ष भन्दा सेयर संख्या थप भएको आर्थिक कारोबारमा मितव्ययीता अपनाई यस वर्ष १८ं प्रतिशत लाभान्स दिएको बताउनुभयो ।
२०६४ सालमा २५ जनाबाट सुरु भएको यो सहकारीमा सदस्यको संख्या अहिले ७७० पुगेको र यस वर्ष थप गरि १ हजार बनाइने बताउनु भयो। उहाँले सबै सेयर सदस्यहरुको बीमा गरिएको र सहकारीलाई मर्जर गर्ने प्रक्रियालाई यथावत राखिएको समेत बताउनु भयो ।
लेखा संयोजक कमला काफ्ले ज्ञावालीले लेखा सुपरीवेक्षण प्रतिवेदन र कोषाध्यक्ष पिताम्बर खनालले आय व्ययको प्रतिवेदन र आगामी बर्षको लागि बजेट प्रस्तुत गर्नु भएको थियो।
वार्षिक साधारण सभामा तथा छैठौं अधिवेशनमा बोल्दै सहकारीका सल्लाहकार यादव भण्डारी, शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष झबिन्द्र भण्डारी, सहकारीका सदस्यहरुको तर्फबाट नारायण ज्ञावाली, मीन प्रसाद पोखरेल लगायतले संस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नु भयो।
कार्यक्रममा जेष्ठ नागरिक कलावती पोखरेल, कमान सहि खत्री, असल ऋणी कमला देवी गौतम, कक्षा १२ र उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी लगायतलाई सम्मान गरिएको थियो । मातृका ज्ञवालीको अध्यक्षता तथा उपाध्यक्ष रमेश पराजुलीको तथा दीपा थापाको सभा सम्पन्न भएको थियो ।
अध्यक्षमा पुन: ज्ञवाली
१७ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशनले पुन मात्रिका ज्ञवालीको अध्यक्षतामा नयाँ समिति नयन गरेको छ ।
जसको उपाध्यक्षमा रमेश पराजुली सचिवमा धर्म प्रसाद न्यौपाने कोषाध्यक्षमा पिताम्बर खनाल रहनु भएको छ भने सदस्यहरुमा ज्ञानप्रसाद ज्ञावाली, दीपा थापा कृष्ण बहादुर थापा, पदम बहादुर पौडेल क्षेत्री र कमला ज्ञवाली काफ्ले रहेको निर्वाचन समितिका सदस्य झबिन्द्र भण्डारीले बताउनु भयो ।
त्यस्तै लेखा सुपरीवेक्षण समितिमा कृष्ण ज्ञावाली संयोजक सिता खनाल सदस्य र वासुदेव भण्डारी सदस्य रहेको भण्डारीले बताउनु भयो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच