वासिङ्टन । दक्षिण अमेरिकी विश्वकप छनोटमा उरुग्वेले कोलम्बियालाई हराएको छ । शनिबार बिहान सम्पन्न खेलमा उरुग्वेले कोलम्बियालाई ३-२ ले हराएको हो । उरुग्वेलाई जिताउन दिलाउन म्यानुएल उगारटेले इन्जुरी समयको ११औँ मिनेटमा निर्णायक गोल गर्नुभयो । खेलमा अग्रता पनि कोलम्बियाले नै लिएको थियो । जुवान फर्नान्डो क्विन्टेरोले ३१औँ मिनेटमा पहिलो गोल गर्नुभयो ।
त्यसपछि ५७औँ मिनेटमा डाभिन्सन सान्चेजले आत्मघाती गोल गरेपछि खेलमा १-१ को बराबरी भयो । रोड्रिगो एगुरेले ६०औँ मिनेटमा गोल गरेपछि उरुग्वेले खेलमा अग्रता बनायो । इन्जुरी समयको छैटौँ मिनेटमा आन्द्रेस गोमेजले कोलम्बियाका लागि गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो । त्यसपछि पनि उगारटेको गोलमा उरुग्वे विजयी भयो । अर्को खेलमा पेरु र चिलीले गोलरहित बराबरी खेलेका छन् ।
उरुग्वे र कोलम्बियाको समान १९ अंक भएको छ । उरुग्वे गोल अन्तरले अगाडि रहँदै दोस्रो स्थानमा छ । १० टोलीको सहभागिता रहेको छनोटमा ११ खेलको समाप्तिपछि पेरु नवौँ र चिली १०औँ स्थानमा छ । अर्जेन्टिना २२ अंकमा शीर्ष स्थान र ब्राजिल १७ अंकमा चौथो स्थानमा छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच