काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागले ‘मातृभाषा साहित्यको १६औं शृंखलामा ‘सिर्जना, संवाद र विमर्श’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा भुजेल भाषा अध्येता विशम प्हुगालद्वारा लिखित ‘भुजेल भाषाको साहित्य’ विषयक कार्यपत्र प्रस्तुत गरिएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाल बहुभाषिक समुदाय रहेको देश भएको बताउँदै प्रतिष्ठानले मातृभाषाको जागरणका लागि मातृभाषा साहित्य शृंखला सुरु गरेको बताउनुभयो ।
प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा सामाजिक शास्त्र विभाग प्रमुख डा.कौशिला रिसालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नुभएको थियो । उहाँले मातृभाषा साहित्य शृंखला सुरुदेखि नै मातृभाषा साहित्यका सर्जकलाई बुझ्दै अनुसन्धान गर्न सक्ने अवसर मिलेको धारणा राख्नुभयो । कार्यक्रमले जनजातीय स्रष्टामा ऊर्जा र उत्साह थपेको उहाँको जिकिर थियो ।
कार्यक्रमका सभाध्यक्ष तथा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य, साहित्य (मातृभाषा) विभाग प्रमुख राजन मुकारुङले विभिन्न जातजातिले इतिहासमा भोगेका पीडा, उत्पीडन, उकाली ओराली र आरोह अवरोहलाई बुझ्न मातृभाषा साहित्य शृंखला महत्वपूर्ण गाथा बनेको बताउनुभयो ।
कलाकार छेवाङ तेन्जिङ लामाले कार्यक्रममा रैथाने बाजा टुङ्नाको धुन प्रस्तुत गर्नुभएको थियो भने कुलुङ भाषाका कवि फुलमाया कुलुङ, साम्पाङ राई भाषामा नानुमती राई र मैथिली भाषामा स्नेह झाले कविता वाचन गर्नुभएको थियोे ।
कार्यक्रममा प्राज्ञ विष्णु सिञ्जाली, प्रताप नाछिरिङ, सोम धिमाल र श्रीराम उपाध्यायले भुजेल भाषाको साहित्य विषयक कार्यपत्रमाथि सुझाव तथा जिज्ञासा प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच