
काठमाडौं । गाउँघरमा सहज बैंकिङ सेवा दिने लक्ष्यका साथ भरतपुर महानगरपालिका ६ गीतानगर बजारमा कृषि विकास बैंकले शाखा विस्तार गरेको छ । बैंक सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले शनिबार गीतानगर शाखाको नयाँ कार्यालय उद्घाटन गर्नुभएको हो ।
साझा समृद्धिका लागि सबैको रोजाइ बैंक भन्ने दूरदृष्टिसाथ बैंकको २७१औँ र चितवन जिल्लाको १०औँ शाखाका रूपमा गीतानगर शाखा उद्घाटन गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी गराउनुभयो । बैंकबाट सुनदेखि नुनसम्म, हलोदेखि हाइड्रोसम्म लगानी भइरहेको र हाल वित्तीय बजारमा उपलब्ध सम्पूर्ण अत्याधुनिक बैंकिङ सुविधा उपलब्ध कृषि बैंकसँग रहेको भन्दै सेवा लिन आग्रहसमेत गर्नुभएको छ ।
गीतानगर क्षेत्र कृषिका लागि प्रचुर सम्भावना बोकेको क्षेत्र भएकाले सहुलियतपूर्ण कर्जाको उपयोग गरी व्यावसायिक कृषितर्फ लाग्न सर्वसाधारणलाई बैंक सञ्चालक समिति सदस्य सञ्जीव पौडेलले आग्रह गर्नुभयो ।
सो अवसरमा बैंकको गीतानगर शाखामा पहिलो खाता खोल्ने सन्तोष लामिछानेलाई चेक बुक, क्युआर कोड, पहिलो कर्जाग्राही विष्णुमाया गौतम र चाँदनी खरेललगायतलाई बैंकतर्फबाट सम्मान गरिएको बैंकका गीतानगर शाखा प्रबन्धक सागरप्रसाद शर्माले जानकारी दिनुभएको बैंकका प्रवक्ता हिमाल पौड्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच