काठमाडौं । चलचित्र ‘नदेखेको जात’ प्रदर्शनको तयारीमा छ । अन्तरजातीय विवाह गरेकै कारण परिवार र समाजले गाउँबाट खेदेको र लामो समयसम्म परिवारबाट अलग भएर समाज परिवर्तनको संघर्षमा निरन्तर लागि परेका उनिहरूले भोगेका पीडादायक दिनहरू र संघर्षले सिकायका विविध कष्टकर क्षणलाई चलचित्र ‘नदेखिएको जात’मा समेटिएको निर्देशक वेदप्रसाद भुर्तेलले बताउनुभयो । ‘राष्ट्रिय दलित अधिकार आयोग, चलचित्र विकास बोर्डलगायत संघसंस्थाले यस्तो कथावस्तुमा निर्मित चलचित्रहरूलाई उचित सहयोग, सम्मान गर्नुपर्छ र पाउनुपर्छ भन्ने अपेक्षा गरेको छु,’ उहाँले भन्नुभयो ।
वास्तविक घट्नामा आधारित चलचित्र ‘नदेखिएको जात’मा वेदप्रसाद भुर्तेल, निलम दर्जी, संजोग राणा, जाहान्वी बस्नेत, लय संग्रौला, विशाल पहाडी, अनिता केसी, रुकु विष्ट, किरण थापालगायतको अभिनय छ । चलचित्रमा प्रमोद खरेल, प्रविषा अधिकारी, अञ्जु पन्त, नवराज थापाले गीत गाउनुभएको छ भने किर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच