
रुपन्देही । लुम्बिनीमा प्रदेशस्तरीय शुद्धोधन लोकमार्ग बन्ने भएको छ ।रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कपिलबस्तु जिल्लाको महाराजगंज जोड्ने सडक बन्ने भएको हो ।
रुपन्देहीका ५ पालिका अन्र्तगत मायादेवी गाउँपालिका,सियारी गाउँपालिका,गैडहवा गाउँपालिका,शुद्धोधन गाउँपालिका,कञ्चन गाउँपालिका र कपिवस्तु जिल्लाको वाणगंगा नगरपालिका,कपिलवस्तु नगरपालिका,बुद्धभुमि नगरपालिका,महाराजगंज नगरपालिका विच लोकमार्ग बनाउने सहमति अनुुसार मंगलबार रोडपरमिट(सडकका लागी प्रस्तावित स्थान)को अवलोकन गरिएको छ । विमानस्थलबाट लुम्बिनी प्रदेशको राजधानी दाङ जान सहज हुने भन्दा शुद्धोधन लोकमार्ग निर्माण गर्न लागिएको हो । निर्माण हुने लोकमार्ग ३८ देखि ४० किलोमिटर सम्म हुने अनुमान गरिएको छ ।
प्रदेशस्तरीय लोकमार्गले विकासको अनुभुति गराउने सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिनु भयो । पिछाडिएको स्थान र पर्यटकीय एवं धार्मिक सम्पदाहरुलाई समेत समेट्ने गरि निर्माण गरिने अध्यक्ष घिमिरेले उल्लेख गर्नु भयो । प्रदेश सरकार संग पनि छलफल र प्रक्रिया अघि बढेको जानकारी गराउनु भयो ।
बहुवर्षिय हुने यो आयोजना साँच्चिकै जनपक्षिया हुने कपिलवस्तुु नगरपालिकाका मेयर सुदिप पौडेलले बताउनु भयो । अन्य जिल्ला जान पनि सहज हुने र पर्यकीय दृष्टिकोणले उत्तम हुने भन्दै चाँडै डिपिआर तयार गरि निर्माणका लागी अघि बढाईने उद्घोष गरेका छन् ।
कपिलबस्तु नगरपालिकामा बसेको आजको बैठकले लोकमार्गलाई नामांकरण गरेको छ । रुपन्देहीका ५ पालिका र कपिलवस्तु जिल्लाका ४ पालिका विचको बैठकले अब बन्ने सडकको नाम शुद्धोधन लोकमार्ग राख्ने सहमति भएको हो ।
सडक बन्ने भएसंगै रुपन्देही र कपिलवस्तुुका स्थानीयहरु खुशी भएका छन् । अवलोकनमा लुुम्बिनी प्रदेशका सांसद विष्णुु पन्थी,रुपन्देहीका मायादेवी गाउँपालिकाका अध्यक्ष धुु्वनारायण चौधरी,गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल,शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु बस्याल,कञ्चन गाउँपालिका अध्यक्ष नवराज ढकाल र कपिलवस्तुु जिल्लाका वाणगंगा नगरपालिकाका मेयर चक्रपाणि अर्याल,बुद्धभुमि नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ लगायतले प्रदेशकै पहुँचयोग्य र रणनैतिक सडक बन्ने दाबी गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच