काठमाडाैं । विवाहपञ्चमीको अवसर पारेर जनकपुरधाममा महासरसफाई अभियान शुरुवात भएको छ ।
शनिवार बिहानैदेखि जनकपुरधामवासीहरुले विवाहपञ्चमीको अवसरमा सरसफाई अभियान सञ्चालन गरेका हुन् । जनकपुरधाम उपमहानगरपालिकाले सञ्चालन गरेको सरसफाई अभियानमा आम नागरिकहरुले पनि साथ दिएका छन् । आम सर्वसाधारणहरु मिलेर जनकपुरधामलाई सफा बनाइएको हो ।
जनकपुरधाम उपमहानगरपालिकका प्रमुख मनोज साहले विवाहपञ्चमीका लागि जनकपुरधाम उपमहानगरपालिकाले ५ हजार मानिसहरुलाई धनुष यज्ञमा राम्रोसँग बस्नका लागि व्यवस्था मिलाइरहेको बताउनु भयो । अयोध्याबाट आउने ५ सय जन्ती, २१ गते ५ लाख मानिसहरुको व्यवस्थापन गर्नका लागि पहल गरिरहेको बताउनु भयो ।
आम नागरिकको लागि शौचालय, बासको व्यवस्था मिलाउने काम गरिरहेको बताउनु भयो । शनिवार विद्यालयका विद्यार्थी, नगरवासीहरु मिलेर सरसफाई गरिएको बताउनु भयो । उहाँले जनकपुरधाममा आउने पाहुनाहरुलाई खुला दिशापिशाव गर्न नदिन सयौँको संख्यामा शौचालय निर्माण भइसकेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच