काठमाडौं । चाणक्य कलेजका विश्वराम कुँवर र लालीगुराँस नेसनल एकेडेमीकी अस्मिता भुजेल वैकुण्ठ मानन्धर अन्तरविद्यालय पाँच किलोमिटर दौड प्रतियोगितामा पहिलो हुनुभएको छ । शनिबार भएको प्रतियोगितामा प्लस टुको छात्रमा विश्वराम तथा छात्रामा अस्मिता पहिलो हुनुभएको हो ।
विश्वरामले निर्धारित दूरी १८ मिनेट ०४.५ सेकेण्डमा पूरा गर्नुभयो । नवप्रभातका तयाहाङ राई दोस्रो तथा त्रिवेणी पब्लिकका अमृत विश्वकर्मा तेस्रो हुनुभयो । अस्मिताले दूरी तय गर्न २१ मिनेट ३२.७ सेकेण्ड समय खर्चिनुुभयो । लालीगुराँसकै भगवती खड्का दोस्रो तथा एभरेष्टकी स्वस्तिका तिरुवा तेस्रो हुनुभयो ।
दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धरको नाममा स्थापना गरिएको वैकुण्ठ मानन्धर खेलकुद नेपालद्वारा आयोजित प्रतियोगिताको कक्षा ८ देखि १० सम्मको छात्रमा ब्राइट होराइजनका हस्त सुनार १८ मिनेट १७.२ सेकेण्ड समयसाथ शीर्ष स्थानमा रहनुभयो । सरस्वतीका नमराज बानियाँ दोस्रो तथा महेन्द्र ग्रामका सन्तोष कार्की तेस्रो हुनुभयो । सो स्पर्धाको छात्रामा लालीगुराँसकी सर्मिला विकले स्वर्ण जित्नुभयो । सर्मिलाले २३ मिनेट ०२.३ सेकेण्ड समय लगाउनुभयो । श्रीकृष्णकी प्रमिशा कार्की दोस्रो तथा श्रीकृष्णकै अस्मिता गोले तेस्रो स्थानमा रहनुभयो ।
भेट्रान पुरुष ६५ वर्षमाथि रामकृष्ण महर्जनले स्वर्ण, पुष्पलाल श्रेष्ठले रजत र कुमुदराज श्रेष्ठले कांस्य जित्नुभयो । पुरुष ५६ देखि ६५ वर्षमा महर्जनत्रय देव, विक्रम र रामभक्त क्रमशः शीर्ष तीन स्थानमा रहनुभयो । ४५ देखि ५५ वर्षमा भीमबहादुर गुरुङ प्रथम, राजु भण्डारी द्वितीय र रामचन्द्र श्रेष्ठ तृतीय हुनुभयो । भेट्रान महिलामा कृष्णेश्वरी सिन्तकला पहिलो, सर्मिला बस्नेत दोस्रो र कल्पना महर्जन तेस्रो बन्नुभयो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, आयोजक संस्थाका अध्यक्ष वैकुण्ठ मानन्धर, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय सचिवालय सदस्य नन्दु काउछालगायतले पुरस्कृत गर्नुभएको थियो । विभिन्न १० स्पर्धा समावेश दौडमा करिब ६५० प्रतिस्पर्धी सहभागी थिए । सबै स्पर्धामा नगद पुरस्कार राखिएको थियो । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई दशरथ रंगशालामै आएर टुंगिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच