
काठमाडौं । नेपाल कराँते महासंघ जिल्ला प्रमुख ललितपुर लगनखेलले बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवि महर्जनलाई सम्मान गरेको छ । महर्जनलाई मंसिर १० गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकबाट चार वर्षका लागि सदस्यमा नियुक्त गरेको थियो ।
त्यस्तै नवनियुक्त ललितपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष निनोद महर्जन र सदस्यद्वय सागर चित्रकार र विमला लामा गोलेलाई पनि सम्मान गरेको छ । उहाँहरूलाई एक कार्यक्रमबीच ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले सम्मान गर्नुभयोे ।
रवि महर्जन आठौँ साफका स्वर्ण पदक विजेता हुनुहुन्छ भने विनोद महर्जन किकबक्सिङका पूर्वराष्ट्रिय च्याम्पियन हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच