काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय महिला टोलीकी पूर्वकप्तान अनु लामालाई यू-१६ राष्ट्रिय महिला टोलीको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फा महासचिव किरण राईले बुधबार अनुलाई नियुक्ति पत्र हस्तान्तरण गर्नुभयोे । यस्तै फिजियोथेरापिस्टमा शिला गिरी नियुक्त हुनुभएको छ ।
टोलीको मुख्य प्रशिक्षकमा सुलभजंग राना हुनुहुन्छ । यसैगरी एन्फाले ग्रीष्ममणि शाक्यलाई सहायक प्रशिक्षक, निरु थापालाई व्यवस्थापक र कल्पना कार्कीलाई गोलकिपिङ प्रशिक्षकको जिम्मेवारी सुम्पिएको छ । नेपालले भुटानको यू-१६ राष्ट्रिय महिला टोलसँग पुस ५ गते मैत्रीपूर्ण खेल खेल्दै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच