काठमाडौं । सगुन ज्वेलर्सको प्रस्तुति रहेको ‘मिस भोग नेपाल सीजन-२’ को अडिसन आरम्भ भएको छ । यो सौन्दर्य प्रतियोगिताको आज (शनिबार) काठमाडौंको दरबारमार्गस्थित पेन्टहाउसमा अडिसन गरिँदै छ । अडिसनमा सहभागिता जनाएर प्रतिस्पर्धामा छनोट हुनका लागि प्रयास गर्न आयोजक संस्थाले महिलाहरूलाई आग्रह गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाउन १८ वर्ष उमर पूरा हुनु पर्नेछ । प्रतियोगितामा विवाहित विधवा, डिभोर्सड तथा एकल आमाहरूले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
अडिसनको निर्णायकमा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा रिश्मा केसी रहनुभएको छ । मिसेस भोग नेपालको उपाधि जित्ने एकजना प्रतिभाशाली महिलाले नेपाललाई प्रतिनिधित्व गर्दै थाइल्याण्डमा आयोजना हुने मिसेस टुरिजम क्विन इन्टरनेसनलमा सहभागिताको अवसर पाउनेछिन् । यसबाहेक पाँच लाख रुपैयाँ बराबरको उपचार, मोडलिङ सम्झौता, विभिन्न ब्राण्डसँग आबद्ध हुने तथा अन्य अवसरहरू प्राप्त गर्नेछन् ।
हाउस अफ फेसनले अघिल्लो अघिल्लो वर्षदेखि मिसेस भोग नेपाल आयोजना गर्न थालेको हो । सन् २०२४ को संस्करणमार्फत प्रारम्भ भएको यो प्रतियोगिताले महिला सशक्तिकरण गर्ने मुख्य लक्ष्य लिएको छ भने विवाहपछि पनि महिलो करियर समाप्त हुँदैन भन्ने अवधारण समावेश गरेको छ ।
यस पटकको प्रतियागितामा गीता गुरुङ, एलिजा गौतम, रेनुका श्रेष्ठ, पूजा पाख्रिन तथा करिश्मा केसीले ब्राण्ड एड्भोकेटसको रूपमा सहभागिता जनाउने आयोजकले जनाएको छ । मिसेस भोग नेपाल २०२३ सीजन १ मा पूजा पाख्रिनले मुख्य उपाधि चुम्नुभएको थियो भने भिभा बस्नेतले कमर्सियल एम्बासडर, आकृति श्रेष्ठले फस्ट रनर्सअप तथा मनिला लामिछानेले सेकेण्ड रनर्स अपको उपाधि जित्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच