सिरियामा इजरायली हमलाप्रति राष्ट्रसंघका महासचिव चिन्तित, तनाव कम गर्न आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले सिरियामा इजरायली हमलाप्रति चिन्ता व्यक्त गर्नुभएको छ । सिरियाको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको उल्लङ्घनप्रति उहाँले चिन्ता व्यक्त गर्दै तनाव कम गर्न आग्रह गर्नुभएको हो ।

देशभर हिंसालाई कम गर्न पक्षहरूलाई आग्रह गर्नुभएको उहाँका प्रवक्ता स्टेफेन दुजारिकले बताउनु भयो । सिरियामा विश्वसनीय, व्यवस्थित र समावेशी संक्रमणकालीन व्यवस्थालाई समर्थन गर्न आवश्यक रहेको बताउनु भयो ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?