यस शीर्षकसँग सार्थक बनाइएका दुई वामनेताहरू हालका दिनहरूमा भित्तेघडीको पेन्डुलम जस्ता बनाइनुभएको छ । सन्दर्भ हो बामदेव गौतम तथा डा.भीम रावलको । अहिले उहाँहरू मिति सकिएको औषधि जस्तो बन्न पुग्नुभएको छ । मानिसलाई स्थान दिने र त्यहाँबाट खँदारेर झार्ने दुबै काम समय र परिस्थितिको हो भन्ने बुझ्न यस्ता अन्य धेरै दृष्टान्त हुनसक्लान् । तर प्रतिनिधि दृष्टान्तका रूपमा वर्तमानका फरक सामथ्र्य भएका तर स्पेसविहीन अत्यन्त चर्चित दुई नेताहरूको दृष्टान्तलाई अगाडि सार्न सकिन्छ । नेकपा एमालेको तत्कालीन अवस्थामा जल्लोबल्दो व्यक्ति बामदेव गौतम भारतीय प्रहरीको जागिरे पृष्ठभूमिबाट राजनीतिमा आउनुभएका कारण उहाँको पार्टीमा पनि त्यही प्रकारको भूमिका थियो । विद्वता र बौद्धिकतामा उहाँलाई पन्छाउने गरिन्थ्यो । यद्यपि बामदेव अत्यन्त अध्ययनशील अर्थात् स्वाध्यायी हुनुहुन्थ्यो । विचार विश्लेषण र तर्क क्षमतामा निपूर्ण रहनु भएको विगतका अनेक सन्दर्भहरूले प्रमाणित गरेका हुन् ।
एमालेको केन्द्रीय नेता, माले पार्टीको भूमिगतकालमा समेत संगठनमा अत्यन्त योगदान दिनुभएका गौतम जुन समय प्रधानमन्त्रीको सम्भाव्य आकांक्षी बन्नुभयो त्यसबेला वर्तमान प्रधानमन्त्री तथा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंलाई अंग्रेजी बोल्न त आउँदैन कसरी प्रधानमन्त्री चलाउनुहुन्छ भनेर उहाँको तेजोबध गर्नुभएको थियो । गौतम उही गौतम हुनुहुन्छ जसले २०५४ सालमा गृहमन्त्री भएर स्थानीय तहको निर्वाचन गराएका बेला देशैभरि अधिकांश स्थानमा नेकपा एमालेलाई कब्जाको शैलीमा जिताउनुभएको थियो । प्रजातन्त्र पुनस्र्थापना भएलगत्तै देश नेपाली कांग्रेसमय बनेको थियो । त्यसको प्रभाव २०४८ सालको संसद्को निर्वाचनमा र त्यसको एक वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा देखिएको थियो । तर, प्रजातन्त्रकै खिल्ली उडाने र भरखर प्राप्त प्रजातन्त्रलाई कमजोर पार्ने काम गर्दै नेपाली कांग्रेसले प्रतिनिधिसभा भंग गरेर निर्वाचनमा जाने काम गरेको हुँदा आफू पनि कमजोर बन्यो र नराम्ररी हार व्यहोनुपर्यो ।
यसको फाइदा नेपाली राजनीतिमा वामपन्थी पार्टीहरूले लिन पाए । त्यतिबेला नेकपा एमाले प्रमुख प्रतिपक्षी थियो । एकातिर माक्म्र्सवादीहरूसँगको एकता र अर्कातिर नेपाली कांग्रेसको गलत निर्णयका कारण क्रमशः शक्तिशाली बन्दै आएको एकीकृत माक्र्सवादी लेलिनवादी पार्टीले २०५१ र २०५४ का बीचमा आफ्नो जग बलियो बनायो र मौकाको फाइदा पनि लियो । बामदेवले स्थानीय निकाय कब्जा गर्न पनि त्यही बेला पाउनुभएको हो । तर त्यसको लगत्तै पार्टी फुटाएर आफ्नो राजनीतिक भविष्यसमेत बिथोल्ने गौतम स्वभावले माओवादी निकट भए पनि पछि एकता गरेर एमालेमै फर्किनुभयो । पार्टी फुटाउने, यता र उताको महत्वाकांक्षी सपना बुनिरहने हुनाले उहाँलाई वर्तमान पार्टी अध्यक्ष केपी ओलीले तेजोबध गरेर अगाडि बढ्न दिनुभएन जस्तो देखिन्छ ।
प्रधानमन्त्री बन्न आफू प्रतिनिधिसभा सदस्यमा पराजित भएका कारण नपाउने भए पनि संविधान संशोधन गरेर राष्ट्रियसभाको सदस्य भएको व्यक्ति पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था गर्न उहाँले प्रयास गर्नुभयो र त्यही उद्देश्यले आपूm राष्ट्रियसभा सदस्य बन्नुभयो । त्यही बेला हो उहाँको महत्वाकांक्षामा ओलीले नियन्त्रण गर्नुभएको र प्रधानमन्त्री बन्न अंग्रेजी जान्नुपर्छ भनेर उहाँलाई खसाल्नुभएको । यद्यपि अन्तर्राष्ट्रिय राजनीतिको अध्ययन गर्नुभएको गौतमले जापान, चीनलगायतका मात्र होइन कतिपय युरोपेली देशका प्रधानमन्त्रीहरूले समेत अंग्रेजी बोल्ने नगरेको दृष्टान्त ओलीसामु उहाँले पछार्न सक्नुभएन । यस्ता विविध सन्दर्भबाट पछाडि धकेलिँदै जानुभएका गौतम अहिले घरको न घाटको जस्तो अवस्थामा हुनुहुन्छ । उहाँमा राजनीतिक जिजीविषा भने अझै पनि मरेको छैन र कुनै भरपर्दो तथा विश्वासिलो पार्टीको खोजीमा विगत केही वर्षयता रहनुभएको छ ।
ओलीको राजनीतिक गोटी चलाइबाट दपेटिएकाहरू बामदेवमात्र होइन अरू पनि धेरै छन् । पछिल्लो चरणमा नेकपाबाट माधव नेपाल, झलनाथ खनाल, सबैको एमालेबाट पलायनको अन्तर्य पनि यही हो । नत्र घनश्याम भुसाल, रामकुमारी झाँक्री, सोमप्रासद पाण्डे, जगन्नाथ खतिवडालगायतका युवाहरू पनि एमाले छोडेर अन्यत्र जाने थिएनन् होला । योगेश भट्टराईदेखि यज्ञराज सुनुवार भने लरबर-लरबर हुँदै एमालेमा फर्किनुभएको हो । योगेशलाई ओलीले दिएको ‘बेइमानी केटो’को संज्ञा नेपाली राजनीतिक वृत्तमा हालका दिनसम्म चर्चामा छ । यस्ता यावत उदाहरणहरू कति छन् कति तिनको चर्चा निकै लामो बनाएर गर्न सकिन्छ । तर, बामदेवभन्दा पनि औपचारिक अध्ययन बढी गरेका र प्रखर वक्ता डा.भीमबहादुर रावल पनि एमालेको राजनीतिक मञ्चमा हुनुभए पनि नभएको जस्तो अवस्थामा पुर्याइनुभएको छ ।
एमालेमा भएको नियन्त्रणवादी राजनीतिक शैलीको सिकार डा.रावल पनि हुनुभएको छ । २०७८ सालमा भएको दशौं महाधिवेशनमा वर्तमान प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीका विरुद्धमा अध्यक्षको उम्मेदवारी दिनुभएका रावललाई त्यसपछि भने भूमिका नदिने र पाखा लगाउने काम भएको छ । निर्भीक, हक्की र प्रष्ट वक्ता रावलमा राम्रो वाककलासमेत छ । त्यसकारण उहाँले पार्टीमा विद्यमान विकृति र नेताहरूका स्वेच्छाचारिताका विरुद्धमा खुलेर बोल्नुभयो र कठोर आलोचना गर्नुभयो । त्यसले उहाँको योग्यता र क्षमताको कदर गरिएन बरू पर पन्छाएको पन्छाएकै गरियो । अहिलेको एमालेभित्रको यही राजनीतिक परिदृश्यले गर्दा उहाँ स्वतन्त्र वामपन्थी जस्तो अवस्थामा पुग्नुभएको छ र आफ्नो भूमिकाको खोजी गरिरहनुभएको छ । डा.रावल विद्यार्थीकालदेखि अनेरास्ववियुको राजनीतिमा जोडिनु भएर व्याजीमा स्नातकोत्तर टपर र साम्यवादी आन्दोलनका विषयमा अनुसन्धान गर्ने प्रवीण विद्यार्थी मानिनुहुन्छ ।
सर्वमान्य नेता तथा लौहपुरुष भनेर चिनिने गणेशमान सिंह जसले २०४७ सालको जनआन्दोलनको कमाण्डर भएर उक्त आन्दोलन सञ्चालन गर्नुभएको थियो तथा नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईहरू समेत पार्टीबाट अलगिनुपर्ने देशमा बामदेव र भीम रावलहरू अलगिनुपर्ने अवस्था सिर्जना हुनु आश्चर्यको विषय होइन । अहिले उहाँहरू ओत लाग्ने राजनीतिक छहारीको खोजी गरिरहनुभएको छ तर बामदेवमा जति नै अस्थिरता भए पनि रावल भने स्थिर भएर समयको पर्खाइमा रहनुभएको छ । उहाँहरूको राजनीतिक संकटको फाइदा लिने मौकाको ताकमा नेकपा एकीकृत समाजवादी रहेको छ ।
बामदेवले यसका लागि भूमिकाको खोजी गर्नुभएको सार्वजनिक भइरहेको छ । वरिष्ठ उपाध्यक्षको माग गर्नुभएको उहाँले आपूm कुनै पार्टी प्रवेश गर्ने होइन एकता गर्ने हो भन्नुभएको छ । तर उहाँसँग अरू नेता–कार्यकर्ता नभएका कारण उहाँ एक्लो हुनुहुन्छ । रावल भने त्यति छिटै नेकपा एमालेबाट अर्को कुनै दलमा प्रवेश गर्नुहोला भन्ने कुरामा विश्वास गर्न सकिँदैन । नेकपा एमालेको संगठन मजबुत पार्न महत्वपूर्ण भूमिका खल्नुभएका यी दुबै नेताहरूको राजनीतिक महत्व अझै सकिएको छैन । म्याद सकिएको औषधि जस्तो बनाइएका उहाँहरूको उपयोगबाट उहाँहरू जुन पार्टीमा प्रवेश गरे पनि त्यस पार्टीलाई लाभान्वित बनाउन सक्ने सम्भावना बाँकी नै छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच