आगामी निर्वाचनमा काँग्रेस एक्लै लड्छ : नेता सिटौला

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडाैं । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी निर्वाचनमा काँग्रेस एक्लै प्रतिष्पर्धा गर्ने बताउनुभएको छ ।

सोमवार काठमाडौंमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौं महानगरस्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी निर्वाचन एक्लै लड्ने र बहुमत ल्याउने दाबी गर्नुभयो । उहाँले अहिलेको अभियान ०८४ कै तयारीको प्रारम्भ भएको उल्लेख गर्नुभयो ।

उहाँले आफूले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्न काँग्रेस अघि सर्नुपर्ने र कमी कमजोरीको पनि आफूले जस/अपजस लिनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि गरेका संघर्षहरु जनतामाझ पुर्‍याउनुपर्ने बताउनु भयो । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी आगामी चुनाव एक्लै फेस गर्दछौँ । एक्लै जान्छौँ चुनावमा । एक्लै फेस गरेर जाँदा पनि हार्ने गरी होइन, बहुमत ल्याउने गरी जाने हो । त्यसको तयारीको प्रारम्भ हो यो अहिलेको अभियान । काँग्रेस पार्टीका साथीहरुले बढो गर्वका लागि राजनीतिक क्षेत्रमा जनताको अधिकारका लागि हामीले गरेको संघर्ष, आन्दोलन, क्रान्ति, जेजे छ, जेजे जान्नुहुन्छ, हामीले भन्दै जानुपर्छ । भन्न छोड्नु हुन्न । किनभनले देशको राजनीतिक फाउण्डेशन हाम्रै नेतृत्वमा बनेको छ । देशको विकासमा हामीले जे जति काम गरेका छौँ । गरेका राम्रा कुराहरु भन्दै जानुपर्छ, भन्न छोड्नुहुन्न । तर यो पनि होइन की पर्याप्त गरिसक्यौँ भन्ने होइन । जनताका अधिकार पूरा कार्यान्वयन गर्न धेरै काम बाँकी छ । कानून बनाउन, योजना निर्माण गर्न धेरै काम बाँकी छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा धेरै काम बाँकी छ । तर जे जति गरेका छौँ, हामीले नै गरेका छौँ । नेपाली काँग्रेस पार्टीले गर्न सकेन भने कुनै पार्टीले गर्ने लक्षण देखाएको छैन ।’

नेता सिटौलाले नेपाली काँग्रेस पार्टीले गर्न नसके अरु कुनैपनि राजनीतिक दलले जनताको हितमा काम गर्न नसक्ने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?