
भोजपुर । सरकारले आगामी दुई वर्षभित्र सबै नागरिकको घरमा बिद्युतीकरण गरिसक्ने लक्ष्य लिएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बताउनु भएको छ ।
उर्जा विकासले स्थानीय जनतालाई आर्थिक सम्पन्न बनाउन सकिने भन्दै उर्जामन्त्री खड्काले दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युतीकरण गरिसक्ने लक्ष्य सरकारको रहेको बताउनुभयो ।
बिगत पाँच महिनामा साढे नौ सय मेगावाट बिजुली बिक्री भएको उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले बताउनु भएको छ । उर्जामन्त्री खडकाले विगतका बर्षमा बार्षिक १८ अर्बसम्मको विजुली भारतबाट किन्दै आएको बताउँदै पाँच महिनाको अवधिमा साढे नौ सय मेगावाट बिजुलीले व्यापार घाटा समानान्तर भएको दाबी गर्नु भयो ।
सोमवार आफनो गृह जिल्ला संखुवासभामा आयोजित कार्यक्रममा बोल्नु हुँदै उर्जामन्त्री खड्काले देशमा भएका १८ देखि २० प्रतिशत गरिवीको रेखामूनी रहेका जनताले पनि हरेक आयोजनाबाट जलविद्युतको शेयर पाउनु पर्ने धारणा राख्नुभयो । विपन्नका लागि आयोजना वा सरकारले कम्तिमा २ लाखको शेयर आयोजना धितो राखेर मालिक बनाउनु पर्ने बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच