सर्लाही । सर्लाहीको हरिवन नगरपालिका-११, पूर्वपश्चिम राजमार्गस्थित मालपोत कार्यालय अगाडि गएराति ११:५० बजे सवारी दुर्घटना हुँदा स्कुटी चालकको मृत्यु भएको छ । लालबन्दीबाट नयाँरोडतर्फ जाँदै गरेको बा.प्र.-०२-०२८ प ६५०८ नम्बरको स्कुटी सोही दिशा जाँदै गरेको ना.६ त ३०५० नम्बरको ट्र्याक्टरको टेलरमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा स्कुटी चालक हरिवन नगरपालिका-८, चापिनीका २५ वर्षीय कवि रिखाम मगर गम्भीर घाइते भएका थिए । स्वाभिमान अस्पताल हरिवनमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि बिरगञ्जस्थित स्पर्श अस्पताल लैजाने क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा स्कुटीमा सवार ४५ वर्षीय रामजी बस्नेत पनि घाइते भएका छन् । उनको स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि ट्र्याक्टर चालक फरार भएका छन् भने ट्र्याक्टर र स्कुटी प्रहरीको नियन्त्रणमा छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच