विसं २०६२/०६३ को जनआन्दोलन नेपालको राजनीतिक इतिहासमा कहिल्यै भुल्न नसकिने दस्ताबेजका रूपमा अंकित छ । जसमा नागरिकहरू स्वतः स्फूर्तरूपमा सहभागिता जनाएको विशिष्ठ स्वरूपको आन्दोलन भएकाले नागरिक आन्दोलनका रूपमा परिचित छ । तत्कालीन सात राजनीतिक दलहरू आन्दोलन सफल पार्न एकातिर थिए, अर्कोतिर प्रतिगमन कदमका विरुद्ध खरो रूपमा सडकमा उभिएको ठूलै समूह थियो । देशका प्रबुद्ध वर्ग यसमा समावेश थिए । मानव अधिकारका क्षेत्रमा लामो समयसम्म काम गरेका व्यक्तित्व, विशिष्ठ कलाकार, लेखक कविलगायत स्वतन्त्र बुद्धिजीवी विभिन्न पेशामा सम्बन्ध व्यक्तित्वद्वारा निर्मित ठूलै समूह आबद्ध थियो ।
जसलाई समग्र रूपमा नागरिक आन्दोलनका नामबाट सबैले भरोसाका रूपमा हेर्ने गर्दथे । त्यस आन्दोलनको कुनै लिखित दस्ताबेज थिएन, कुनै ठाउँमा दर्ता पनि गरिएको थिएन । लोकतन्त्र नै जसको दस्ताबेज थियो । संसद् पुनःस्थापना प्रेस स्वतन्त्रता, मौलिक हकअधिकारको सुनिचितता, स्वतन्त्र न्यायपालिकाको मर्यादा कायम राख्नेलगायत माग राखी नागरिक अगुवाहरू सडकमा दिनहूँ उत्रेका थिए । जसको अगुवाई कृष्ण पहाडी, डा.देवेन्द्रराज पाण्डे, श्याम श्रेष्ठ, प्रा.पुरुषोत्तम दाहाल, कनकमणि दीक्षित, शम्भु थापा, डा.अरुण शायमी, खगेन्द्र संग्रौला आदिले गरेका थिए ।
एकातिर तत्कालीन विद्रोही माओवादी गाउँगाउँ-जंगलजंगलमा पसेर राजनीतिक लडाइँ लडिरहेका थियो । अर्कोतिर शहरतिर तत्कालीन शासकले जनतामाथि निरंकुशता लगाइरहेको थियो । पूरै मुलुक आतंकित थियो ।
काठमाडौंको नयाँबानेश्वर हालको संसद् भवनअगाडिबाट सुरु गरिएको विशाल मानवसभा कीर्तिपुर, लैनचौर, हनुमानढोका, रत्नपार्क, पुतलीसडक हँुदै राजधानी बाहिरका जिल्ला र स्थानहरूमा फैलियो । पूर्वको सिन्धुलीको खम्बेचौर, विराटनगर, हेटौंडा, चितवन, पोखरा, दाङ, नेपालगञ्ज, धनगढी र महेन्द्रनगरसम्म आन्दोलनको राँको फैलिएको थियो । तत्कालीन सरकारले सो आन्दोलन निस्तेज पार्न अनेकौं उपाय लागू ग¥यो । हजारौं लोकतन्त्र प्रेमीहरूद्वारा देशका सयौं बन्दीगृह भरिए । हजारौं मानिस घाइते भए । मुकेश कायस्थ जस्ता सयौं व्यक्तिहरू अपांग भए । सेतु विक सगुन ताम्राकारलगायत व्यक्ति शहीद भए ।
नागरिक हकअधिकार सुरक्षित गर्न गायक कलाकारले सडकमै देउडा गीतदेखि मुक्तिका गीतहरू गाए । लोकतन्त्रका पक्षमा गीत गाउने कलाकारमा स्व.जेबी टुहुरे, रामेश, रायन, नन्दकृष्ण जोशी, मधु गुरुङ, माधव प्रधान, रुविन गन्धर्व, बद्री पंगेनीलगायत थिए । नाटककार अशेष मल्ल, सुनिल पोख्रेल, कवि अर्जुन पराजुलीलगायत स्रष्टाको योगदान स्मरणीय छ । मानवअधिकारकर्मी कृष्ण पहाडी, प्रा.पुरुषोत्तम दाहाल, शम्भु थापाका धाराप्रवाह वाणी सुन्न दिनहुँ मानव सागर सडकमा पोखिन्थ्यो । नागरिक आन्दोलनको कार्यक्रम पूर्णरूपमा सफल भएको देखेर राजनीतिक दलहरूले सक्रियता बढाएका थिए । सात राजनीतिक दलको नेतृत्व नेपाली कांग्रेसका सभापति स्व.गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।
एकातिर तत्कालीन विद्रोही माओवादी गाउँगाउँमा जंगलजंगलमा पसेर राजनीतिक लडाइँ लडिरहेका थियो । अर्कोतिर शहरतिर तत्कालीन शासकले जनतामाथि निरंकुशता लगाइरहेको थियो । पूरै मुलुक आतंकित थियो । सरकारी पक्ष र विद्रोही माओवादीका तर्फबाट सत्र हजार नेपालीले ज्यान गुमाइसकेका थिए । नेपाली नागरिकलाई आफ्नै मुलुक बिरानो लाग्न थालिसकेको थियो । एक ठाउँबाट अर्को ठाउँमा पुग्न नगरिकताको प्रमाणपत्र, सो नभए अरू परिचयपत्र बोकेर हिँड्नुपर्ने बाध्यता थियो । आन्दोलनकारी हामीहरू निकै संयमित भएर राजनीतिक कदम चलाउँदै थियौँ ।
एकातिर राष्ट्र राजनीतिक शोकमा थियो, अर्कोतिर आन्दोलन सफल पार्न अन्तिम लडाइँ लड्नुपर्ने जरुरी देखिन्थ्यो । अन्तत्वगत्वा तत्कालीन शासकले घुँडा टेके । २०६३ साल वैशाख ११ गते राति ११ः३० बजे संसद् पुनःस्थापनाको घोषणा तत्कालीन राजाबाट भयो । मंसिर महिना राजनीतिक रूपमा महत्वपूर्ण महिनाका रूपमा परिचित छ । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच विसं २०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता कायम भयो । सरकारका तर्फबाट तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला र माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले संयुक्तरूपमा शान्ति सम्झौतामा हस्ताक्षर भयो ।
राजनीतिक फेरबदलपछि गठन गरिएको नयाँ राष्ट्रगान छनौट कमिटीले नयाँ राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी’को सार्वजनिकीकरण पनि सोही दिनमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा संस्कृतिविद् एवं सो कमिटीका संयोजक सत्यमोहन जोशीबाट भएको थियो । सो कमिटीमा १४ जना सदस्य थियौं । मानवअधिकार तथा शान्ति समाजका तत्कालीन सभापति प्रा.पुरुषोत्तम दाहाल र संस्थापक सभापति कृष्ण पहाडीको नेतृत्वमा हामीहरू सुदूरपश्चिमको भ्रमणमा गयौं । समाजमा द्वन्द्वरहित कार्य निर्वाध रूपमा कायम राख्न अभियानका रूपमा हाम्रो यात्रा केन्द्रित थियो । पंक्तिकार कवि अर्जुन पराजुली, राधा घले, डा.गंगाधर अधिकारीलगायत व्यक्ति एक महिने अभियानको यात्रामा थियौं ।
राजनीतिक फेरबदलपछि गठन गरिएको नयाँ राष्ट्रगान छनौट कमिटीले नयाँ राष्ट्रगान ‘सयौं थुँगा फूलका हामी’ को सार्वजनिकीकरण पनि सोही दिनमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा संस्कृतिविद् एवं सो कमिटीका संयोजक सत्यमोहन जोशीबाट भएको थियो ।
त्यो ऐतिहासिक यात्रा पनि मंसिर महिनामै तय भएको थियो । कैलाली, कञ्चनपुर, बाँके, बर्दिया (नयाँ मुलुक), सुर्खेत डडेलधुरा, बैतडी, अछामलगायत जिल्ला र सदरमुकाममा संविधान सभाको घोषणा गरिनुपर्ने र छिट्टै चुनाव सम्पन्न गरिनुपर्ने मागसहित सभा सञ्चालन ग¥यौं । ती कार्यक्रममा हजारौं संख्यामा जनसहभागिता रहेको थियो । अछामको ठूला सैनमा एफएम भवनको शिलान्यास हामी तीनजनाबाट मंसिर महिनामै संयुक्तरूपमा गरियो । ठूलासैन पुग्दा उकालो चढ्न नसकेर चार यात्रुले खचाखच भरिएको गाडी एउटा पांग्राबाहिर निकालिरहेको देखिन्थ्यो । त्यो देखेर हामी सबै आत्तिएका थियौँ । धन्न भगवानको कृपा रहृयो ।
सदरमुकाम मंगलसेनको ऐतिहासिक दरकार प्रांगण, साँफेबगर, डोटी जिल्लाको पिपल्लाबजार, डडेलधुराको डडेलधुरा बजार यसै गरी धनगढी र महेन्द्रनगरका सभामा हजारौं मानिसको उपस्थिति रहृयो । देउडा गायनको आधारभूमि भएकाले देउडा गीतका आत्मीय श्रोताहरूले मानवअधिकार र शान्ति समाजका ती कार्यक्रममा पंक्तिकारप्रति देखाएको माया अक्षरमा उतार्न सकिँदैन । देशभरि आन्दोलनका कार्यक्रममा गाएको झ्याम्म...झ्याम्म... गलबन्दीमा रातो धागो गीतको प्रस्तुतिले हजारौंले स्वरमा साथ दिए । कृष्ण पहाडी र प्रा.पुरुषोत्तम दाहालका विचारोत्तेजक प्रवचन सुनेर दर्शक श्रोता निकै प्रभावित देखिएका थिए ।
आत्मीयताको निकै कसिलो गाँठो पारेर राजधानी फर्कँदा राजनीतिक तरंग फैलिएको थियो । जनजनमा अव हाम्रो देशमा विकासका ढोका खोलिँदैछन् । सत्तामा लुगामात्र सुकिला लगाएका होइनन् मन सुकिला भएका असल व्यक्तिहरूको उपस्थिति रहने विश्वास समाजमा थियो । पेटभरी खान पाउन उद्योग कलकारखाना देशमा स्थापना गरिनेछन्, सबै युवाहरू आफ्नै मुलुकमा बसेर जीविकोपार्जन गर्नेछन् भन्ने भरोसा थियो ।
निर्मला पन्तको बलात्कार गरी हत्या गरिने छैन, कोरोनाका बेला स्वदेश फर्कने क्रममा महाकाली नदी तर्ने क्रममा डोरी काटेर दार्चुला जिल्लाका जयबहादुर धामीलाई नदीमा बगाउने छैनन् भन्ने सर्वसाधरणमा विश्वास थियो । भ्रष्टचारको अन्त्य सदाचारको स्थापना समाजमा कायम हुनेछ भन्ने जनविश्वास थियो तर विडम्बना देखिँदैछ समाजमा । मानवअधिकारका नाममा अमानवीय तबरले नागरिकहरू माथि गणतन्त्रात्मक शासन शैलीको गरिँदैछ । के यसरी लोकतान्त्रिक गणतन्त्र कायम रहन सक्ला ? बुद्धिजीवीहरू चिन्ता गरिरहेछन् ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच