
‘संस्कृतं संस्कृतेर्मूलम्’ अर्थात् संस्कृत संस्कृतिको मूल, सम्पूर्ण भाषको जननी हो । देवभाषा, सुरभारती, अमरभारतीका रूपमा संस्कृत भाषालाई सम्बोधन गरिन्छ । संस्कृत भाषामात्र नभएर ज्ञान विज्ञानको आदि स्रोत पनि हो । अनन्त ज्ञानका भण्डार संस्कृतमा अन्तर्निहित छन् । आर्ष (ऋषि) परम्परामा जीवित संस्कृत वाङ्मयले हरेक विषयवस्तुको प्रतिनिधित्व गरिरहेको छ । भाष, संस्कृति, साहित्य, काला, नीति, व्याकरण, अर्थशास्त्र, ज्योतिष आदि थुप्रै विषयको आदि स्रोत संस्कृत वाङ्मय नै हो । वेद, उपवेद, ब्राहृमण, उपनिषद्, आरण्यक, इतिहास पुराण, रामायण, महाभारत जस्ता बहुरत्न संस्कृत वाङ्मयमा विद्यमान छन् ।
व्यासको भगवद्गीता, पाणिनिको अष्टाध्यायी, पतञ्जलिको योगशास्त्र, ऋषि प्रणित पञ्चसिद्धान्तिका, धन्वन्तरीको आयुर्वेद चिकित्सा, चाणक्यको नीतिशास्त्र आदि थुप्रै विषयको मुहान संस्कृत नै हो । आज वैज्ञानिकहरू पनि संस्कृत वाङ्मयकै अनुसरण गरिरहेका छन् । जुन ज्ञान हजारौँ वर्ष पहिले ऋषिमुनिहरूले हामीलाई दिएर गएका छन् । संस्कृत भाषामात्र नभएर समग्र वाङ्मय हो । विश्वको सर्वप्राचीन ग्रन्थमा ऋग्वेदलाई लिइएको छ । जीवन र जगत्लाई आवश्यक पर्ने हरेक विषयवस्तुको ज्ञानका निम्ति संस्कृत वाङ्मयभित्र नै गोता लगाउनुपर्ने हुन्छ ।
पूर्वीय सभ्यताको धरोहर संस्कृत वाङ्मयमा संस्कृतिका नवीनतम् आयामहरू पाउन सकिन्छ । वेद, उपनिषद्, ब्राहृमण, आरण्यक, रामायण, महाभारतले यस्तै ज्ञानका कुरा सिकाएका छन् । साँचो बोल, धर्म मान, आफ्नो अध्ययनलाई नछोड भन्ने जस्ता ज्ञान संस्कृतमा रहेका छन् ।
सामान्यतः संस्कृतलाई भाषाका रूपमा मात्र बुझ्ने एक जमात छ भने कतिपयको बुझाइका एक वर्ग विशेषको ज्ञान भन्ने पनि पाइन्छ । तर संस्कृत समग्र ज्ञान विज्ञानको आदि स्रोत हो । संस्कृतमा नभएका कुनै पनि कुरा छैनन् । आजका अत्याधुनिक उपलब्धिका पछि पनि संस्कृतकै देन रहेको छ । चाहे विज्ञान होस् चाहे प्रविधि हरेक क्षेत्रमा संस्कृत अंशतः प्रभाव रहेकै पाइन्छ । गर्भाधानदेखि मृत्युसम्मका १६ संस्कारको महिमा छुट्टै छ । वर्णाश्रम व्यवस्था आज सबैभन्दा उत्तम मानिन्छ । हरेक कार्यको थालनी संकल्पपूर्वक हुन्छ । आजका योजना बनाउने कार्यको जननी संकल्प नै हो । ऋषि महर्षिले देखाएका सभ्यतामा संस्कृत वाङ्मय विशिष्टिकृत भएको छ ।
पन्ध्र सोह्रौं शताब्दीको ग्यालिलियोभन्दा हजार वर्ष पुराना पाँचौं शताब्दीका आर्यभट्ले दूरबिनको परिकल्पना गरिसकेका थिए । ग्यालिलियोभन्दा चार/पाँच सय वर्षपूर्व नै दूरदर्शक यन्त्र निर्माण गरिसकिएको कुरा भास्करकृत सिद्धान्तशिरोमणिको यन्त्राध्यायले बताउँछ । यसै गरी गुरुत्वकर्षण सिद्धान्त पनि पौरस्त्य शिक्षाकै देन हो । न्युटनभन्दा पाँच सय वर्षपूर्व भास्कराचार्यले ‘आकृष्टिशक्तिश्च मही तया यत्, खेस्थं गुरुस्थं च गुरुप्रमाणम्’ भनी ठूलो वस्तुको आकर्षण शक्ति पनि धेरै हुन्छ र पृथ्वी पनि यही स्वकीय आकर्षण शक्तिका कारण निराधार अडिएको छ भनी उल्लेख गरेका छन् ।
पूर्वीय सभ्यताको धरोहर संस्कृत वाङ्मयमा संस्कृतिका नवीनतम आयामहरू पाउन सकिन्छ । वेद, उपनिषद्, ब्राहृमण, आरण्यक, रामायण, महाभारतले यस्तै ज्ञानका कुरा सिकाएका छन् । सत्यं वद (साँचो बोल), धर्मं चर (धर्म मान), स्वाध्ययन् मा प्रमद (आफ्नो अध्ययनलाई नछोड), मातृदेवो भव (आमा देवता समान हुनुहुन्छ), पितृदेवो भव (पिता देवता समान हुनुहुन्छ ), गुरु देवो भव (गुरु देवता समान हुनुहुन्छ), अतिथिदेवो भवः (अतिथि देवता समान हुन्छन्) भन्ने मान्यता संस्कृत वाङ्मयका मूल आधार हुन् । उपनिषद्ले ज्ञानका अनन्त स्रोत प्रदान गरेका छन् । ‘वसुधैव कुटुम्बकं’ (यो पृथ्वीवासी सबै बन्धु हुन्) को भावना संस्कृतले नै प्रदान गरेको हो । यसरी जीवनलाई सुन्दर बनाउने, मानवीय मूल्य र मान्यताका पाठ सिकाउँदै यो लोकदेखि परलोकसम्मको मार्गलाई सरल तुल्याउने कला संस्कृत वाङ्मयले प्रदान गरको छ ।
योगले आज विश्वव्यापी मान्यता पाएको छ । जुन २१ लाई संयुक्तराष्ट्र संघले योगदिवसका रूपमा मनाउने घोषणा गरिसकेको छ । ध्यानको विश्वव्यापी प्रचारप्रसार भइरहेको छ । वैदिक संस्कृति र सभ्यताका पुजारी हामी संकृतिमा धनी छौं । आज संस्कृत विश्वमा लोकप्रिय बन्दै गइरहेको छ । विश्वका ठूला-ठूला विश्वविद्यालयले यसको अध्ययन र अनुसन्धान गरिरहेका छन् । अमेरिका, जर्मन, बेलायत जस्ता शक्तिसम्पन्न देशले पनि संस्कृतलाई विशेष रूपमा खोज अध्ययनको केन्द्र बनाएका छन् । यसैगरी थुप्रै विषयवस्तु आज विश्वसामु पुग्नबाट वञ्चित पनि छन् । संस्कृतानुरागीका निम्ति यो चुनौतीको विषय बनेको छ ।
दर्शनको जननी संस्कृत वाङ्मय हो । भौतिक र आध्यत्म दुवै दर्शन पूर्वीय वाङ्मयका देन हुन् । माक्र्सभन्दा हजारौ वर्षपहिले चार्वाक दर्शन विद्यमान रहेको पाइन्छ । आज माक्र्सलाई भौतिक दर्शनका पिता भन्नु व्यर्थ हो । भौतिक दर्शनलाई नै मान्ने हो भने पनि चार्वाक अग्रणी हुन् । चार्वाक दर्शनका अगाडि माक्र्सवाद गौण हुन आउछ । आज बुझ्नु जरुरी छ कि माक्र्स पनि चार्वाक दर्शनकै अनुयायी हुन् । अध्यात्मवादको क्षेत्रमा षड् (छ) दर्शन विश्वप्रसिद्ध छन् । साङ्ख्य, वेदान्त, योग, न्याय, मीमांसा र वैशेषिक विश्वका उच्च कोटिका दर्शन हुन् । बौद्ध दर्शन संस्कृत वाङ्मयकै उपज हो ।
संस्कृतभित्रको अनन्त ज्ञानराशिलाई हामीले हेर्ने दृटिमा परिवर्तन गर्नु जरुरी छ । संस्कृत सुन्नेबित्तिकै नाक खुम्चयएर हिँड्ने प्रवृत्ति विद्यमान छ । बाहुनको शिक्षा भनेर व्याख्या गर्ने थुप्रै पाइन्छन् तर ब्राहृमण इतरले पनि विशेष छात्रवृत्तिमा संस्कृत अध्ययन गरेर अवसर हात पारिरहेका पनि छन् ।
आयुर्वेद चिकित्सा क्षेत्रमा उत्कृष्ट मानिन्छ । चरक र सुश्रुतले चिकित्साको कार्यलाई पूर्णता दिएका छन् । धनुर्वेदले युद्धकला सिकाउँछ । सामवेद संगीतको जननी हो । अथर्ववेद मारणमोहन उच्चाटनका निम्ति उत्कृष्ट मानिन्छ । स्थापत्य वेद वास्तुकला र विज्ञानको जननी हो । यज्ञका निम्ति यजुर्वेद उच्च स्थानमा रहेको छ । आज संस्कृतको विद्यार्थी विश्वको कुुना कुनामा योग प्रशिक्षणका शिविर चलाइरहेका छन् । ध्यानका मार्ग बताइरहेका छन् भने वैदिक ऋचा ध्वनित गराउँदै विश्वकल्याणका निम्ति लागि परिरहेका छन् । चाहे लोकसेवाको तयारीमा होस् चाहे अन्तर्राष्ट्रिय संघसंस्था, सर्वत्र संस्कृत अनिवार्य जस्तै बनेको छ ।
आधुनिक विषयको अध्यापनबाट निवृत्त व्यक्ति पनि संस्कृतको अध्ययनमा आकर्षित हुनु यसप्रतिको गूढतम् रहस्य बोधका निम्ति लागिपर्नु नै हो । अन्य पक्षले जीवन दिन्छन् भने जीवनलाई पनि जीवन दिने शक्ति संस्कृत वाङ्मयमा विद्यमान छ । नयाँ प्रयोगका बाटाहरू संस्कृतले पहिल्याइरहेको हुन्छ । आज देश विदेशबाट संस्कृत सिक्नेको लर्को लाग्न थलेको छ । विश्वमा योग ध्यानले चर्चा बटुल्दै गर्दा संस्कृत सिकेकाहरूको माग बढिरहेको छ । संस्कृतलाई प्राचीन पुरातनको आरोप लगइएको छ । यसलाई अथ्र्याउने चुनौतीको विषय विषय बनेको छ । जसले बुझ्दैनन् उसले नै यस्ता कुरा बताएका हुन्छन् । यसैगरी संस्कृतलाई कर्मकाण्ड गर्ने विषयका रूपमा मात्र पनि कतिपयले बुझेका छन् । संस्कृतभित्र पनि अनेकौं विषय छन् ।
व्याकरण, ज्योतिष, साहित्य, न्याय, दर्शन, धर्मशास्त्र, इतिहास पुराण, वेदान्त, वेद, नीतिशास्त्र आदि । जसको गहन खोजमूलक अध्ययन विश्वविद्यालयमा भइरहेको छ । कर्मकाण्ड पनि संस्कृत वाङ्मयकै एक हाँगो हो तर कर्मकाण्ड मात्रै संस्कृत होइन । यो कुरा अज जनमानसले बुझ्नु जरुरी छ । खगोल भूगोलको अध्ययन ज्योतिष शास्त्रमार्फत् गरिन्छ भने धर्म संस्कृति र संस्कारका कुरा धर्मशास्त्र, वेद, इतिहास, पुराणअन्तर्गत केलाइन्छन् । विश्वको उत्कृष्ट व्याकरण पाणिनिको अष्टाध्यायी हो । जुन व्याकरणले आजका वैज्ञानिक पनि आश्चर्यमा परिरहेका छन् । यो कुरा सर्वविदित गराउने चुनौती पनि संस्कृत क्षेत्रमा लागेकालाई देखिन्छ ।
संस्कृतभित्रको अनन्त ज्ञानराशिलाई हामीले हेर्ने दृटिमा परिवर्तन गर्नु जरुरी छ । स्वयं वासना बोकेरभौँतारिएको कस्तुरी जस्तै हामी बनिरहेका छौं । संस्कृत सुन्नेबित्तिकै नाक खुम्चयएर हिँड्ने प्रवृत्ति विद्यमान छ । बाहुनको शिक्षा भनेर व्याख्या गर्ने थुप्रै पाइन्छन् तर ब्राहृमण इतरले पनि विशेष छात्रवृत्तिमा संस्कृत अध्ययन गरेर अवसर हात पारिरहेका पनि छन् । हाम्रो ध्यान पुग्नु आवश्यक छ । संस्कृत अनन्त ज्ञान विज्ञानको स्रोत हो । जीवन जिउने कला संस्कृतमा विद्यमान छ । विश्वव्यापी बन्दै गरेको संस्कृतले आज विश्वमा अवसरको पनि सिर्जना गरिरहेको छ ।
भौतिक बुझन् अध्यात्म जान्नु आवश्यक छ र अध्यात्म जान्नका निम्ति संस्कृत जान्नु आवश्यक हुन्छ । किनकि समग्र ज्ञानको स्रोत संस्कृत हो । हरेक विषयको मूल खोज्न संस्कृतसम्म नै पुग्नुपर्ने हुन्छ । किनकि संंसारको सर्वप्राचीन ग्रन्थ ऋग्वेद हो । ज्ञानबाट विज्ञानको फड्को मार्न संस्कृत जान्नु आवश्यक हुन्छ । जीवन र जगत् गूढतम् रहस्य बुझ्न पनि संस्कृतको ज्ञान आवश्यक हुन्छ । किनकि संस्कत ज्ञान र विज्ञानको अनन्त स्रोत हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच