
एजेन्सी । दक्षिण कोरियामा विमान दुर्घटनामा हुँदा १६७ जनाको निधन भएको छ । विमानमा सवार १८१ जनामध्ये १६७ जनाको मृत्यु पुष्टि भएको नेसनल फायर एजेन्सीलाई उद्धृत गर्दै बिबीसीले जनाएको छ । थाइल्याण्डको बैंककबाट आइतबार बिहान उडान भरेको बोइङ ७३७-८०० जेजु एयरको विमान दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको थियो ।
विमानमा सवारमध्ये १७५ जना यात्रु र ६ जना चालक दलका सदस्य थिए । उनीहरूमध्ये थाइल्याण्डका दुई र अरू दक्षिण कोरियाका नागरिक रहेको बताइएको छ । नेसनल फायर एजेन्सीका अनुसार, विमानमा ५७ महिला, ५४ पुरुष र १३ अन्य थिए ।
दुर्घटनाको कारण अझै पुष्टि हुन सकेको छैन । तर, चरासँग ठोक्किँदा र खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने विश्वास गरिएको छ ।
दुर्घटनामा परेकामध्ये उडान दलका दुई सदस्यको जीवितै उद्धार गरिएको जनाइएको छ । उनीहरूमध्ये एक पुरुष र एक महिला हुन् । उनीहरू विमानको पुच्छर भागमा भेटिएको नेसनल फायर एजेन्सीले जनाएको छ ।
दक्षिण कोरियाको यातायात मन्त्रालयले आइतबार आफ्नो अनुसन्धान एकाइले दुर्घटनाग्रस्त यात्रुवाहक विमानबाट दुवै ‘ब्ल्याक बक्स’ सुरक्षित निकालेको जनाएको छ । ‘ब्ल्याक बक्स’ विमान उडानका समय भएका गतिविधिको रेकर्ड गर्ने उपकरण हो ।
भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका एक अधिकारीले स्थानीय टेलिभिजनलाई दिएको जानकारीमा ‘दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन उडानसम्बन्धी तथ्यांक (डाटा) र भ्वाइस रेकर्डर दुवै भेटिएका’ बताएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच