✍️ आचार्य प्रशान्त
जब हामी सम्भावना, खतराहरू र चुनौतीहरूको कुरा गर्छौं, सबैभन्दा पहिले हामीले यो बुझ्नुपर्छ कि विश्वव्यापी रूपमा के भइरहेको छ र त्यसको सम्बन्ध व्यक्तिगत जीवनसँग छ कि छैन । सन् २०२५ एउटा चुनौतीपूर्ण वर्ष रहने छ, जसले अब ढोका ढकढक्याइरहेको छ । दोस्रो विश्वयुद्धपछि यस्ता थोरै वर्षमात्र देखिएका छन्, जहाँ संसारमा एउटै समयमा दुई ठूला युद्धहरू चलिरहेका छन् र तेस्रो ठाउँमा तनाव यति चुलिएको छ कि जुनसुकै बेला युद्ध भड्किन सक्छ ।
सामाजिक सञ्जालको पछाडि रहेको एल्गोरिदमले मानिसका चाहनाहरूलाई पहिचान गरेर उसलाई मनपर्ने कुरामात्र देखाउँछ । यसमा सत्यता हुँदैन, केवल झूट र भ्रम हुन्छ । अहिले एआईले यो प्रक्रियालाई झन् तीव्र बनाइरहेको छ । स्क्रिनले मानिसका इच्छाहरू पूरा गर्दै उसलाई परिवार, समाज र वास्तविकताबाट टाढा राखिरहेको छ । यो एउटा यस्तो मीठो विष हो, जसले मानिसलाई गुलाम बनाइरहेको छ ।
रूस-युक्रेन र मध्यपूर्वमा भइरहेको द्वन्द्व एउटा ठूला चुनौती हो । तर, यी दुई युद्ध रोकिए पनि, क्लाइमेट परिवर्तनको खतरा अझ ठूलो छ । सन् २०२४ अहिलेसम्मकै सबैभन्दा गर्मी वर्ष रहृयो । संसारभरि चरम मौसमी घटनाहरू बढिरहेका छन्, र यो स्थिति हरेक वर्ष झन् भयावह हुँदै जानेछ । सन् २०२५, २०२६, र २०२७ मा तापक्रम अझ बढ्नेछ । यो एउटा निरन्तर प्रक्रिया हो, जसको अन्त्य मानव अस्तित्वको अन्त्यसँगै हुनेछ ।
वैज्ञानिकहरू बताइरहेका छन् कि सन् २०२५ मा धेरै फिडब्याक चक्र सक्रिय हुन सक्नेछन् । यि एकपटक सुरु भए, तिनलाई रोक्न सकिँदैन । २०२५ यस्तो वर्ष हुन सक्छ, जहाँ स्थितिहरू हाम्रो नियन्त्रणबाट पूर्णरूपमा बाहिर जान सक्छन् ।
तेस्रो खतराः सामाजिक सञ्जाल
सामाजिक सञ्जालले मानिसको मानसिकता र व्यवहारमा अभूतपूर्व परिवर्तन ल्याएको छ । यसले मानिसलाई सुन्ने, बुझ्ने र ध्यान दिने क्षमता गुमाएको छ । सामाजिक सञ्जालले मानिसलाई आफ्नो वास्तविकता र समाजबाट टाढा राख्दै भ्रमको संसारमा कैद गरिरहेको छ ।
सामाजिक सञ्जालको पछाडि रहेको एल्गोरिदमले मानिसका चाहनाहरूलाई पहिचान गरेर उसलाई मनपर्ने कुरामात्र देखाउँछ । यसमा सत्यता हुँदैन, केवल झूट र भ्रम हुन्छ । अहिले एआईले यो प्रक्रियालाई झन् तीव्र बनाइरहेको छ । स्क्रिनले मानिसका इच्छाहरू पूरा गर्दै उसलाई परिवार, समाज र वास्तविकताबाट टाढा राखिरहेको छ । यो एउटा यस्तो मीठो विष हो, जसले मानिसलाई गुलाम बनाइरहेको छ ।
२०२५ः चेतावनी होइन, परिवर्तनको समय
रूस–युक्रेन र मध्यपूर्वका युद्धहरू केवल हतियारहरूको लडाइँ होइनन् । यी युद्धहरू मानवताको नैतिक पतन र अज्ञानताको प्रतीक हुन् । यी युद्धहरूको अन्त्य संवाद र समझदारीबाट मात्र सम्भव छ ।
त्यस्तै, क्लाइमेट चेन्ज केवल वातावरणीय मुद्दा होइन, यो मानव चेतनाको कमीको प्रमाण हो । प्रकृतिसँग सन्तुलन कायम नगरी हाम्रो अस्तित्व सम्भव छैन । व्यक्तिगत रूपमा स्रोतहरूको प्रयोगलाई सीमित गर्न र सरकार तथा उद्योगहरूलाई जिम्मेवार बनाउन आवश्यक छ ।
सामाजिक सञ्जालको प्रभावबाट बच्न, हामीले हाम्रो मनलाई प्रशिक्षित गर्नुपर्छ । सत्यलाई स्वीकार गर्ने र झूटबाट बच्ने क्षमताको विकास गर्नु अत्यावश्यक छ । २०२५ मात्र चेतावनी होइन, यो आत्मचिन्तन र कार्यको समय हो । हामीले यसलाई कसरी अपनाउँछौं, त्यो हामीमाथि निर्भर छ । (लेखक आचार्य प्रशान्त एक प्रख्यात लेखक, वेदान्तका ज्ञाता र आध्यात्मिक मार्गदर्शक हुनुहुन्छ ।)
जानकारीमूलक लेख – । 📚✨
highly recommended.