प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ आजदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ आज (सोमबार)देखि सुरु हुने भएको छ । आइतबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई संसदीय सुनुवाइका लागि सोमबार बिहान साढे ११ बजे बोलाउने निर्णय गरेको थियो । सोमबार बिहान साढे १० बजे उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको पनि सुनुवाइ गर्ने समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले जानकारी दिनुभयो ।

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध तीनवटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य राणाले उजुरीकर्ताको उजुरीमाथि छलफल गरेलगत्तै प्रस्तावित प्रधानन्यायाधीशको पनि संसदीय सुनुवाइ गर्ने समिति सचिवालयको कार्यतालिका परिमार्जनसहित पारित गरिएको बताउनुभयो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेरहदका कारण गत साउन २० गते अवकाश पाएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको थियो । संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?