काठमाडौं । युरोपेली मुलुक लक्जम्बर्गमा पहिलोपटक तमु ल्होसार मनाइएको छ । गुरुङ समुदायको महान् पर्व तमु ल्होसारका अवसरमा लक्जम्बर्गमा रहेका गुरुङ समुदायको सक्रियतामा पहिलोपटक ल्होसार कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा लक्जम्बर्गमा रहेका विभिन्न क्षेत्रका नेपाली समुदायको सहभागिता रहेको थियो ।
गैरआवासीय नेपाली संघ लक्जम्बर्गका संरक्षक एवं पुराना व्यवसायी नारायणबहादुर गुरुङले पहिलोपटक ल्होसार कार्यक्रम आयोजना गर्न पाउँदा आफूहरूलाई अत्यन्तै खुसी लागेको बताउनुभयो । विदेशी भूमिमा यसरी आफ्नो संस्कृति र परम्परालाई निरन्तरता दिन पाउँदा भावी पुस्तामा समेत संस्कृति हस्तान्तरण हुने उहाँको भनाइ छ ।
यस्तै एनआरएनए लक्जम्बर्गका संरक्षक एवं पूर्वअध्यक्ष हरि खत्रीले यस्ता चाडपर्वले विदेशमा रहेका नेपाली समुदायलाई थप एकताबद्ध बनाउने विचार व्यक्त गर्नुभयो । आउँदा वर्षहरूमा यसलाई नेपाली समुदायको सामूहिक पर्वका रूपमा मनाउन आफूले पहल गर्ने उहाँको धारणा छ ।
यस्तै एनआरएनए लक्जम्बर्गका महासचिव बालहरि राईले तीन पुस्तालाई एकै ठाउँमा जम्मा गरेर यस्ता कार्यक्रम सम्पन्न हुनु निकै सकारात्मक भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ लोकगायक मिलन लामाले विभिन्न सांगीतिक प्रस्तुतिसमेत पस्कनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच