वसन्तपुरमा मनाइयो १२ औँ नेपाली टोपी दिवस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । १२ औँ नेपाली टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

जागरुक युवा अभियान नेपालको आयोजनामा बुधवार काठमाडौंको वसन्तुपुरमा एक कार्यक्रम गरी मनाइएको हो । ‘नेपाली टोपी लगाऔँः पहिचान जागाऔँ’ भन्ने नारासहित यस वर्ष १२ औं नेपाली टोपी दिवस मनाइएको हो ।

दौरा शुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचिबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भाद्गाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न माग गर्दै नेपाली टोपी दिवस मनाउँदै आएको छ । उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् ।

उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?