
काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ । आज बिहान उपचारका क्रममा उनको निधन भएको हो ।
त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा आज बिहान करिब १० बजे उनी बितेका हुन् ।
स्वास्थ्यमा समस्या आएपछि एक साताअघि सचिनलाई अस्पताल भर्ना गरिएको थियो ।
उनको उपचारमा आर्थिक अभाव भएको भन्दै सहयोगका लागि अपिलसमेत गरिएको थियो ।
आईसीयूमा राखेर उपचार गरिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन । सचिनको अघिल्लो वर्षदेखि नै कम्मरभन्दा मुनिको भाग राम्रोसँग चल्दैनथ्यो । सचिनले सानै उमेरमा दर्जनौँ गीत गाएका छन् । गायक परियारले हाँस्य शृङ्खला ‘मेरी बास्सै’मा अभिनय गर्नुका साथै ‘रातो रबर एक’ ‘रुमाल खस्छ कि’ ‘के छ र हजुर’ ‘बरको छाँयाले’ जस्ता गीत गाएका थिए ।
१३ वर्षका सचिनले गाएको गीत नायक राजेश हमालले पनि अभिनय गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच