हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका-४ को पावरहाउस नजिक भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएका छन् ।
मृतक शाहीको लाश पावरहाउस नजिक रहेको भदुखोलामा बेवारिसे अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।
पुस २० गते वडा- ४ हेल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे लाश भेटाएकाे भन्ने जानकारी प्रहरीलाई दिए लगत्तै प्रहरी निरिक्षक सुरेश सुवेदी नेतृत्वको टाेलि घटनास्थलतर्फ पुगेको हो ।
भदुखोलाको ५० मिटर टाढा भेटिएको लाश माथिल्लो शरीर पानीमा डुबेको र तल्लो शरिर मात्रै देखिएको थियाे । उक्त लाशलाई आजै सदरमुकाम सिमकाेट ल्याउने प्रहरीले जनाएको छ । यस घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच