
काठमाडौं । लक्ष्मी सनराइज बैंकको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंकहरू र अपर मस्र्याङ्दी हाइड्रोपावर कम्पनीबीच लमजुङस्थित मस्र्याङ्दी नदीमा निर्माण हुने एक सय दुई मेगावाट अपर मस्र्याङ्दी-१ जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनाको कुल लागत २१.४० अर्ब रुपैयाँ रहेको छ । अपर मस्र्याङ्दी हाइड्रोपावर-१ ले २०७५ पुस १० गते विद्युत् विकास विभागबाट आयोजना निर्माणका लागि विद्युत् उत्पादन अनुमति पत्र र यही पुस ९ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिदबिक्री सम्झौता(पिपिए) गरिसकेको छ ।
कम्पनीको प्रवद्र्धकमा केसी ग्रुप र क्याल ग्रुप रहेका छन् । आयोजना निर्माणका लागि लक्ष्मी सनराइज बैंकको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरूले लागतको ७४.७७ प्रतिशत लगानी गर्ने भएका छन् । बाँकी २५.२३ प्रतिशत रकम कम्पनी प्रवद्र्धक र संस्थापकको लगानी रहनेछ । लक्ष्मी सनराइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता सात अर्ब रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकमध्ये सह-अगुवा ग्लोबल आइएमई बैंकको छ अर्ब तथा प्रभु बैंकको छ अर्ब गरी कुल लगानी १६ अर्ब रहेको छ ।
आयोजना जुन २०२९ भित्र सम्पन्न भई विद्युत् उत्पादनपछि वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच