काठमाडौं । एस्ट्रोनिक्स म्यानेजमेन्टद्वारा आयोजित नेपाल कबड्डी लिग (एनकेएल) खेल्न थाइल्याण्डबाट ६ खेलाडी मंगलबार काठमाडौं आइपुगेका छन् । विराटनगर ब्यान्डिट्सले रत्तनाकोन योत्ससुङनोएन र नोफाडोन पोन्ताइसोनलाई भित्र्याएको हो ।
तानोङसाक श्रेइरा र चायफोन कामुनी जनकपुर नाइट्समा आबद्ध भएका छन् । त्यस्तै, रोएनग्रोम चातुरोनफाइसन र साहरात फेतचुईले काठमाण्डु माभरिक्सबाट एनकेएल खेल्दैछन् ।
एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमेन अमित बेगानीका अनुसार यसअघि नै बंगलादेश र केन्याबाट पाँच खेलाडी तथा भारतबाट दुई प्रशिक्षक आइसकेका छन् । विदेशी १७ खेलाडीमध्ये ६ खेलाडी पनि चाँडै आइपुग्ने उहाँले बताउनुभयो ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा जनवरी १७ देखि एनकेएलको पहिलो सिजन सुरु हुनेछ । फ्रेन्चाइज प्रतियोगितामा ६ शहरका ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको पहिलो सिजनमा विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमाण्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले खेल्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच