काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारी साधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्युनिकरणमा ठूलो मद्दत हुने बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठूलो असर गरिरहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनका कारण नेपालका हिमालमा हिउँहरु पग्लिरहेको र हिमाल नाङ्गो भएको बताउनु भयो । उहाँले नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्याका रुपमा आएको बताउनु भयो । उहाँले नेपालमा सबैभन्दा बढी ध्यान जलवायु परिवर्तनमा दिनुपर्ने बताउनु भयो । उहाँले डिजेल, पेट्रोलको प्रयोग घटाउनुपर्ने र विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन राख्नुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले नेपालमा जो यो जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै र समग्र विश्वमा नै समस्या पारेको छ । नेपालमा त धेरै ठूलो समस्या यसले पार्न सक्दछ । यसले समुन्द्री सतह बढेको छ । साथै हिमालहरुको हिउँ पग्लिएर हिमाल नाङ्गो भइरहेको छ । जसले गर्दा आज नेपालमा जलवायु परिवर्तनले निकै ठूलो समस्या भइरहेको छ । त्यसैले नेपालले सबैभन्दा बढी ध्यान दिनुपर्ने विषय क्लाइमेट चेन्जको सम्बन्धमा हो । अहिले जो ग्लोवल वार्मिङले गर्दा आज हिमालहरु पग्लिएका छन् । हिमालहरुमा पनि हिउँ नै छैन । त्यस्तो अवस्था भइसकेको छ । बिस्तारै बिस्तारै नेपालमा धेरै ठूलो समस्या आउन सक्दछ । त्यसैले अहिले यस सम्बन्धमा नेपालले चाहेर मात्रै त हुँदैन तर नेपालले धेरै गर्नसक्छ । जस्तो फसल फ्युलहरु, डिजेल, पेट्रोलको प्रयोग यति बढी छ की त्यसले हाम्रो धेरै कुरामा समस्या पारेको छ । विद्युतीय सवारीसाधनदेखि लिएर धेरै कुराहरुमा नेपालको यो क्लाइमेट चेन्जको असर छ । काठमाडौंमा त हामीले फसल फ्युललाई कम गर्नसक्यौँ । विद्युतीय सवारी अघि बढाउनसक्यौँ भनेपनि काठमाडौंबाट पनि धेरै ठूलो काम गर्न सकिन्छ । विद्युतीय सवारीसाधनका लागि ठाउँठाउँमा चार्जिङ स्टेशन राख्न सक्नुपर्छ । त्यसले पनि कम गर्छ । हामीले देशभर बढाउनुपर्छ । संसारभर नै जलवायु परिवर्तनको बारेमा अवेरनेस बढाउन आवश्यक छ । ६० प्रतिशत जंगल हामीले बचाउन सक्यो भने त्यसले पनि धेरै ठूलो मद्दत गर्दछ ।’
सभापति देउवाले जलवायु परिवर्तनका असर न्युनिकरणसम्बन्धी अभियान देशभर नै बढाउनुपर्ने बताउनु भये ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच