
तनहुँ । चौथो ऋषिङ अल्ट्रा म्याराथन-२०८१ प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले जित्नुभएको छ । जिल्लाको ऋषिङ गाउँपालिकाले शनिबार सम्पन्न गरेको म्याराथन प्रतियोगिताको ४२ दशमलब दुई किलोमिटर दूरी दुई घण्टा ५७ मिनेट ४४ सेकेण्डमा पार गर्दै श्रेष्ठले उपाधि जित्नुभएको हो । यस्तै, उक्त दूरी दुई घण्टा ५९ मिनेट ३६ सेकेण्डमा पार गर्दै आर्मी क्लबकै राजेन मेन्याङ्बो द्वितीय हुनुभयो भने आर्मीकै जुनेश खड्काले दुई घण्टा ५९ मिनेट ५९ सेकेण्डमा उक्त दूरी पार गर्दै तृतीय हुनुभयो । प्रतियोगितामा ३२ धावकको सहभागिता थियो ।
ऋषिङ गाउँपालिकाको प्रवेशद्वार वडा नं. ८ को धारुङदेखि वडा नं. ३ को दुबुङ भ्युटावरसम्म गरिएको प्रतियोगिताको प्रथमलाई ६५ हजार, द्वितीयलाई ४० हजार, तृतीयलाई २५ हजार र सान्त्वना हुनेलाई १० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच