भोजपुर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) भोजपुरको पाँचौं जिल्ला अधिवेशनले बुद्ध तामाङको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको छ ।
जिल्ला सदरमुकाममा भएको अधिवेशनले तामाङको नेतृत्वमा समिति चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा मनिता खिम्दुङ, सचिव प्रमित सिप्तुङ राई, सह सचिबमा तारा तामाङ र कोषाध्यक्षमा सरिता सुनुवारलाई चयन गरेकाे छ । यस्तै अन्य सदस्यहरुमा दिवश श्रेष्ठ, अर्जुन राई, एलिना श्रेष्ठ र शर्मिला ईसारा राई चुनिनुभएको छ ।
अधिवेशनबाट केन्द्रिय पार्सदहरुमा अवतारमान राई सरस्वती तामाङ र गोकुल भुजेललाई छनौट गरिएको छ भने प्रदेश पार्सदहरुमा राजन समिप राई, शारदा तामाङ र प्रदिपचन्द्र राई चयन हुनु भएको छ ।
अधिवेशनले अग्रज पत्रकार शाहीमान राईलाई सम्मान समेत गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच