काठमाडौं । काठमाडौंमा बस्दै आएका थारु समुदायले माघेसंक्रान्तिको आज माघी धुमधामका साथ मनाएका छन् । माघे संक्रान्तिको दिन मङ्गलबार काठमाडौंको बसन्तपुर दरबारबाट र्यालीसहित टुडीखेलमा पुगी ‘माघी महोत्सव’को आयोजना गरी थारु समूदायले आफ्नो महानपर्व माघी धुमधामका साथ मनाएका हुन् ।
यसै अवसर पारेर थारु समुदायले आफ्नो संस्कृति झल्कने खालको पहिरनमा सजिएर नाचगानसहितको प्रर्दशन पनि गरेका छन् । माघी महोत्सवमा काठमाडौंमा रहेका सबै आफन्तलाई बोलाएर मिष्ठान्न भोजनसहित शुभकामना समेत आदानप्रदान गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच