नयाँदिल्ली । इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेल २१ मार्चमा कोलकातामा हुने भएको छ । प्रतियोगिताको फाइनल भने मे २५ मा हुनेछ । क्रिकइन्फोको रिपोर्टका अनुसार आइपिएल कमिटीले सबै फ्रेन्चाइजीहरूलाई प्रतियोगिताको सुरुवातको विवरण पठाएको छ । आइपिएलको पूर्ण तालिका भने जनवरीको अन्त्यमा सार्वजनिक हुने रिपोर्टमा उल्लेख छ । च्याम्पियन्स ट्रफीका कारण प्रतियोगिता ढिलो सुरु हुनेछ ।
आइपिलको मेगा अक्सन नोभेम्बरमा भएको थियो । च्याम्पियन्स ट्रफी पाकिस्तान र युएईमा १९ फेब्रुअरीदेखि मार्च ९ गतेसम्म हुनेछ । त्यसको दुई सातापछि आइपिएल सुरु हुनेछ ।
आइपिएलमा अर्को सिजनको पहिलो र अन्तिम खेल डिफेन्डिङ च्याम्पियन टोलीको घरेलु मैदानमा खेल्ने चलन छ । २०२४ मा कोलकाता नाइट राइडर्सले चेन्नईमा उपाधि जितेको थियो । त्यसैले अब उद्घाटन र फाइनल खेल कोलकातामा हुनेछ । तर, उद्घाटन खेलमा केकेआरले कुन टोलीसँग खेल्ने भन्ने खुलाइएको छैन । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच