नयाँदिल्ली । आइसिसी च्याम्पियन्स ट्रफीका लागि ६ देशले टोली घोषणा गरेका छन् । भारत र पाकिस्तानबाहेक प्रतियोगितामा खेल्ने सबै टिमले आफ्नो टोली घोषणा गरेका हुन् । अस्ट्रेलिया र दक्षिण अफ्रिकाले सोमबार प्रतिष्ठित प्रतियोगिताका लागि १५ सदस्यीय टोली घोषणा गरेका छन् । यसैगरी न्युजिल्याण्ड, बंगलादेश, इंग्ल्याण्ड र अफगानिस्तानले पनि आफ्नो टोली घोषणा गरेका हुन् । आइसिसीले सबै देशलाई आ-आफ्नो टोली घोषणा गर्न जनवरी १२ सम्मको समय दिएको छ ।
आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश छन् भने समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र अफगानिस्तान छन् । च्याम्पियन्स ट्रफी फेब्रुअरी १९ देखि पाकिस्तानमा सुरु हुँदैछ । च्याम्पियन्स ट्रफी पछिल्लोपटक सन् २०१३ मा भएको थियो ।
हाइब्रिड मोडलमा हुने प्रतियोगितामा भारतले आफ्ना खेल भने युएईमा खेल्नेछ । उद्घाटन खेल पाकिस्तान र न्युजिल्याण्डबीच हुनेछ । भारत र पाकिस्तानबीचको भिडन्त २३ फेब्रुअरीमा हुनेछ । पहिलो सेमिफाइनल मार्च ४ मा दुबईमा र दोस्रो सेमिफाइनल मार्च ५ मा लाहोरमा हुनेछ । फाइनल खेल मार्च ९ मा हुनेछ । फाइनल खेल दुबई वा लाहोरमा हुन सक्छ । यो भारतको छनोटमा निर्भर हुनेछ । भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि प्रतियोगिता हाइब्रिड ढाँचामा खेलाइँदैछ । भारतीय टोलीले आफ्ना सबै खेल दुबईमा खेल्नेछ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच