
नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिका जिल्लास्तरीय अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधि नेपालगञ्ज-८ ले जितेको छ । भेरी रकर्स स्पोर्ट क्लबको आयोजना र नरैनापुर गाउँपालिकाको सहयोगमा सञ्चालित सो प्रतियोगिताको फाइनल खेलमा नेपालगञ्ज-५ लाई तीन विकेटले पराजित गर्दै नेपालगञ्ज-८ ले उपाधि जित्न सफल भएको हो ।
फाइनल खेलमा पहिले ब्याटिङ् गरेको नेपालगञ्ज-५ ले निर्धारित ओभरमा १४६ रन बनाएको थियो । सो स्कोरमा राष्ट्रिय खेलाडी सवेन्दु पाण्डेले ४२ र सद्दाम खानले ३४ रन बनाउनुभएको थियो । वडा नम्बर-८ का बलर अल्ताफ शेषले ३ र जानु कसगरले २ विकेट हासिल गर्नुभएको थियो ।
१४७ रनको विजयी लक्ष्य लिएर ब्याटिङ गर्न उत्रिएको वडा नम्बर-८ ले १४.३ ओभरको खेलमा सात विकेट गुमाउँदै १४७ रन बनाएर उपाधि जित्न सफल भएको थियो । सो टोलीका जानु कसगरले ३१ रन बनाउँदै दुई विकेटसमेत लिन सफल भएकाले उहाँलाई म्यान अफ द फाइनल घोषित गरिएको थियो ।
यसैगरी प्रतियोगिताका वेष्ट प्लेयर वडा नम्बर-८ का सलाम शेष, वेष्ट व्याट्सम्यान नरैनापुर-२ का सलाम खाँन र वेष्ट बलर वडा नम्बर–५ का दानिस खानलाई घोषित गरिएको थियो । प्रतियोगिताका विजेतालाई नगद ६० हजार, कप, पदक तथा प्रमाणपत्र र उपविजेता टिमलाई नगद ३० हजार, कप, पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगितामा बाँके जिल्लाका आठवटै स्थानीय तहका तिन दर्जन टिमको सहभागिता थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच