
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको आइपिओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आइतबार बिहान ९ बजे आफ्नै कार्यालय नागपोखरी काठमाडौंमा आइपिओ बाँडफाँट गर्ने तयारी गरिएको छ ।
यसमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपिओ बाँडफाँट हुनेछ । यसमा १९ लाख ६ हजार ८४८ जनाले कुल दुई करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन दिएका छन् । जसमा एक लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १७ लाख २२ हजार ३४८ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले पुस २१ गतेदेखि २४ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँको दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासनमा ल्याएको थियो । रेटिङ एजेन्सी केयर नेपालले इन्सुरेन्सको आइपिओलाई ‘केयरएनपी बिबी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ । केयर नेपालले २०८१ साउन २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच