
वार्सा । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले शनिबार ३३ राजनीतिक बन्दीलाई आममाफी दिने निर्णय गर्नुभएको छ । आलोचक, पश्चिमा र स्वतन्त्र अधिकारवादी समूहले उहाँका एकपक्षीय कामविरुद्ध प्रदर्शनबाहेक अरू केही नगरेपछि सन् १९९४ देखि सत्तामा रहनुभएका नेता लुकासेन्कोले आउँदो सप्ताहन्तमा आफ्नो शासन लम्ब्याउने कसरत गरिरहेका समय यो निर्णय आएको हो ।
लुकासेन्को र बेलारुसको दंगा प्रहरीले सन् २०२० मा राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्दै सडकमा उत्रिएका दशौं हजार प्रदर्शनकारीमाथि कडा कारबाही गरेको थियो । अधिकारवादी समूहका अनुसार, २०२० मा लुकासेन्कोका विरोधी र प्रदर्शनकारी नेतासहित एक हजारभन्दा बढी राजनीतिक बन्दीलाई पक्राउ गरिएको थियो ।
शनिबार उहाँले तीन महिला र ३० पुरुष गरी ३३ जनालाई माफी दिनुभएको छ । उनीहरूलाई ‘अतिवादी गतिविधि’ गरेको अभियोगमा जेल सजाय सुनाइएको थियो । जनवरी २६ मा हुन लागेको मतदानका दौरानमा आफूलाई उदारवादी नेता पुष्टि गर्न उहाँले विगत ६ महिनामा २०० भन्दा बढी व्यक्तिहरूलाई क्षमादान दिई रिहा गर्ने आदेश गर्नुभएको छ ।
लुकासेन्कोले निर्वाचनमा कुनै वास्तविक प्रतिस्पर्धाको सामना गर्नुपर्ने छैन । गत हप्ता एक कारखानाको भ्रमणका क्रममा उहाँले बहस सञ्चालन गर्नुको कुनै अर्थ नदेखेको र वास्तवमा चुनावी अभियानलाई पछ्याइरहेको बताउनुभएको थियो ।
शनिबारको क्षमादानमा रिहा भएकाहरूको पहिचान सार्वजनिक गरिएको छैन । तीमध्ये कोही पनि देशको विपक्षमा रहेका प्रमुख व्यक्तिहरू हुन् वा होइनन् भन्ने स्पष्ट भएको छैन । राजनीतिक कैदीहरूलाई कठिन परिस्थितिमा राखिएको छ । उनीहरूलाई प्रायः वकिलहरूको पहुँच वा बाहिरका आफन्तसँग सम्पर्क गर्न दिइँदैन । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच