बिर्तामोडमा सोफा हब काठमाडौंको नयाँ शाखा विस्तार

हिमालय टाइम्स
Read Time = 3 mins

बिर्तामोड । सोफा उत्पादक तथा वितरण गर्ने सोफा कम्पनी 'सोफा हब काठमाडौंले' आफ्नो आठौँ शाखाको रुपमा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले गरेका हुन् । बिर्तामोड शाखासँगै पूर्वमा कम्पनीले उच्चस्तरीय सेवा प्रदान गर्ने र उपभोक्ताको आवश्यकता पूरा गर्ने अपेक्षा गरेकाे छ ।

सोफा हब बिर्तामोडको उद्घाटन समारोहमा नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनले सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तर युक्त उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकता पूरा गर्दै स्थानीय रोजगारीका अवसरहरू सिर्जना गरेकोमा प्रशंसा व्यक्त गरे । प्रसाईले भने, “सोफा हबजस्ता उद्योगहरूले मात्र नभई, स्वदेशी उत्पादनको प्रवर्द्धनले समग्रमा मुलुकको आर्थिक विकासलाई नयाँ उचाइमा पुर्‍याउँछ।

सोफा र फर्निचरको दुनियामा 'सोफा हब बिर्तामोड' बिर्तामोड क्षेत्रकै सबै भन्दा ठुलो सोरुम भएको सोफा कम्पनी भएको बताइएकाे छ।

सोफा हब काठमाडौं तथा सोफा उत्पादक संघको अध्यक्ष रहेका तारालाल धरेलले सोफा हब काठमाडौंका हरेक शाखामा न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख भन्दा माथि रोयल सोफा र फर्निचरका सामानसम्म उपलब्ध रहेको जानकारी दिए । कम्पनीले १० वर्षको वारेन्टी, शाखा भएको ५० किलोमिटर भित्र निःशुल्क डेलिभरी र पुरानो सोफाको सट्टापट्टा सुविधा जस्ता आकर्षक सेवा प्रदान गर्दै आएको छ।

सोफा हब काठमाडौंले नेपालमा नै आफैले उत्पादन गरेको सोफा र फर्निचरका सामानहरु आफ्ना शाखामा उपलब्ध गराउदै आएको छ । कम्पनीका अध्यक्ष धरेलका अनुसार 'कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरी ग्राहकहरूको मन जित्न सफल भएको छ।

काठमाडौंको गोठाटार हाइटमा प्रधान कार्यालय रहेको कम्पनीको काठमाडौंमा गोठाटार, सामाखुसी र कलंकी गरी तिन वटा, चितवनमा २ वटा, पोखरामा एउटा, नेपालगन्जमा एउटा र बिर्तामोडमा १ गरी जम्मा ८ वटा शाखा संचालनमा छन् । सोफा हवले आफ्नै उत्पादनशालाबाट सोफा र फर्निचरका सामान उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको छ भने काठमाडौंको कलंकीमा 'सोफा हब काठमाडौंको रोयल सोफा तथा फर्निचरको सोरुम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?