
इस्लामावाद । पाकिस्तानका जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खान र उहाँकी पत्नी बुशरा बीबीले सोमबार भ्रष्टाचारको अभियोगमा दोषी ठहर गरी भएको सजायविरुद्ध अपिल गर्नुभएको छ । सन् २०२३ को अगष्टदेखि हिरासतमा राखिनुभएका ७२ वर्षीय खानलाई करिब २०० वटा मुद्दामा उहाँविरुद्ध राजनीतिबाट प्रेरित भई षड्यन्त्र गरिएको दाबी गरिएको छ ।
पाकिस्तानी विशेष भ्रष्टाचार अदालतले ‘अल-कादिर ट्रष्ट’ नामक कल्याणकारी फाउण्डेसनमा ‘भ्रष्टाचार र भ्रष्ट आचरण’का लागि दोषी ठहर गर्दै पूर्वक्रिकेट स्टारसमेत रहेका खानलाई १४ वर्ष र उहाँकी श्रीमतीलाई सात वर्षको जेल सजाय सुनाएको छ ।
खानका वकिल खालिद युसुफ चौधरीले इस्लामावाद उच्च अदालतबाहिर एएफपीसँग भन्नुभयो, ‘हामीले अपील दायर गरेका छौं र आगामी केही दिनमा यो लिपिबद्ध गरिनेछ र त्यसपछि यसलाई सुनुवाइका लागि तय गरिनेछ ।’ खानलाई पक्राउ गरेयता चारपटकसम्म दोषी ठहर गरिएको छ, जसमा दुई दोषारोपण उल्टाइएको छ र अन्य दुई मुद्दामा सजाय निलम्बन गरिएको छ ।
अदालतको सुनुवाई तीनपटक स्थगित भएको थियो र उहाँको पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) पार्टीले पहिले यो मुद्दालाई राजनीतिबाट पछि हट्न सरकारसँग सम्झौता तोड्न दबाब दिन प्रयोग गरिएको बताएको थियो ।
खानले आफूलाई इस्लामाबादको बाहिरी इलाकामा रहेको आफ्नो विशाल घरमा नजरबन्दको सम्भावनाबारे अप्रत्यक्ष रूपमा सम्पर्क गरिएको आरोप लगाएका थिए । सन् २०१८ मा निर्वाचित हुनुभन्दा केही समयअघि खानसँग विवाह गरेकी बिबीलाई राजधानी इस्लामावाद नजिकैको रावलपिन्डी शहरमा उहाँका पतिलाई राखिएकै जेलमा राखिएको छ । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच