![गहुँ आयातका लागि आवेदन माग](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Application-for-wheat-import.jpg)
काठमाडौं । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास-७ इभी कार ल्याउने भएको छ । मलेसियामा गत डिसेम्बरमा लन्च भएको प्रोटनको इभी इमास-७ कार नेपाली बजारमा आउने भएको हो । प्रोटनले मलेसियापछि नेपालसहित त्रिनिदाद र टोबैगो, सिंगापुर र मौरिससमा पनि इमास-७ इभी लन्च गर्ने तयारी गरेको छ । प्रोटन इमास-७ प्राइम र प्रिमियम गरी दुर्ई भेरियन्टमा उपलब्ध रहेका छन् ।
प्रोटन इमास-७ ले आसियान एनक्यापबाट फाइभस्टार सुरक्षा मूल्यांकन प्राप्त गरेको छ, जसले कुल ९२.५७ अंक प्राप्त गरेको छ । जसमा वयस्क यात्री सुरक्षामा ३९, बाल यात्री सुरक्षामा १७.३२, सुरक्षा सहायतामा २० र मोटरसाइकल चालक सुरक्षामा १६.२५ अंक प्राप्त गरेको छ ।
उल्लेखित मूल्यांकनहरूले इमास-७ ले यात्री र सडक प्रयोगकर्ताको सुरक्षा प्राथमिकतामा राखेको स्पष्ट हुन्छ । शंकर ग्रुपको टु हिृवलर र फोर हिृवलरको नेपालका लागि आधिकारिक बिक्रेता रहेको जगदम्बा मोटर्सले जनवरीमै डेमो कार काठमाडौं ल्याउने र मार्चको तेस्रो सातासम्म लन्च गर्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच