
काठमाडौं । इलेक्ट्रोनिक ब्राण्ड सामसुङले हालै आफ्नो प्रिमियम बिस्पोक एआई दायरा विस्तार गर्दै नयाँ बिस्पोक एआई नौ केजी फ्रन्ट-लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ । ठूला-लोडहरूका लागि पूर्णरूपमा उपयुक्त रहेको नौ केजी बिस्पोक फ्रन्ट-लोड वासिङ मेसिनले उपभोक्तालाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सम्झौता नगरी सुविधा बढाएको छ । कम्पनीका अनुसार एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोब बल र सुपर स्पिड जस्ता उन्नत प्रविधि प्रस्तुत गर्दै वासिङ मेसिनद्वारा लुगा धुने काम काम जस्तो नलाग्ने बनाउने लक्ष्य राखिएको छ ।
सुपर स्पिड टेक्नोलोजीले जेटलाई लुगा धुने प्रक्रियालाई गति दिन कपडामा पुग्न मार्गदर्शन दिने नजलको प्रयोग गरी वास साइकललाई ३९ मिनेटसम्ममा पूरा गर्छ र हाइजिन स्टिमले ९९.९ प्रतिशत ब्याक्टेरिया र एलर्जी हटाउँछ । जसमा लुगा धुने प्रक्रिया अझ प्रभावकारी बनाउन र ऊर्जा खपतलाई ७० प्रतिशतसम्म घटाउन एआई एनर्जी मोड पनि समावेश छ । सामसुङको इनोभेटिभ एआई इकोबबल टेक्नोलोजीले मेसिनमा डिटर्जेन्टहरूलाई बबलमा रूपान्तरण गरी कपडाको फोहोरलाई कम तापक्रममा पनि कपडा नरम र प्रभावकारी धुलाई दिने कम्पनीको दाबी छ । डिजिटल इन्भर्टर टेक्नोलोजी (डिआइटी) उल्लेखित वासिङ मेसिनहरूमा २० वर्ष वारेन्टी र अत्यधिक स्थायित्वसाथ शान्त, ऊर्जा-दक्ष कार्यसम्पादन सुनिश्चित गर्ने बताइएको छ । सामसुङको नयाँ नौ केजी फ्रन्ट-लोड वासिङ मेसिनको मूल्य एक लाख एक हजार नौ सय रुपैयाँबाट सुरु हुन्छ । प्रिमियम लन्ड्री सोलुसन पहुँचभित्र ल्याउँदै सामसुङले २० प्रतिशतसम्म क्यासब्याकका साथ स्पेसल अफर उपलब्ध गराएको छ । शून्य ब्याज इएमआई अफर रहेको सामसुङ इन्स्टा फाइनान्समार्फत् खरिद गर्न सजिलो बनाइएको पनि कम्पनीले जनाएको छ ।
लुगा धुने अनुभव अपग्रेड गर्न खोज्ने उपभोक्ताका लागि बिस्पोक एआई वासिङ मेसिन दायरामा सजिलोसँग अपग्रेड गर्न एक्सचेन्ज अफर पनि उपलब्ध छन् । एक्सचेन्ज पार्टनरमार्फत् तीन हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिने बताइएको छ । कम्पनीका अनुसार अफर आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स र आधिकारिक रिसेलर त्रिवेणी व्यापार प्राइभेटद्वारा डिलर नेटवर्क प्यान नेपालभर उपलब्ध गराइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच