![डडेल्धुरा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष जोशी मृत फेला](https://ehimalayatimes.com/wp-content/uploads/2025/02/kaliprasad-jhosi.webp)
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वतन्त्रता, गणतन्त्र, समानता र सामाजिक न्यायका लागि जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।
सहिद दिवसको सन्दर्भमा जारी सन्देशमा मुख्यमन्त्री आचार्यले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेका लक्ष्यहरू प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनु भएको हो ।
मुख्यमन्त्री आचार्यले राजनीतिक तथा सामाजिक परिवर्तनका आदर्श सहिदका सपना पूरा गर्नु सबै तहका सरकारहरूको मुख्य जिम्मेवारीभित्र पर्ने बताउनुभयो । ‘संघर्ष र आन्दोलनका माध्यमबाट प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धि हासिल गर्न आम नागरिक समाज, राजनीतिक दललगायत सबैको साझा दायित्व बन्नुपर्दछ ।
सुशासन, जवाफदेहिता र दिगो विकासविना हामीले राष्ट्रिय लक्ष्य भेट्न कठिन छ’उहाँले सन्देशमा भन्नुभएको छ,‘ सहिद दिवसको यस महत्वपूर्ण अवसरमा म सबै राजनीतिक दल र आम जनसमुदायलाई विकास र समृद्धिको लक्ष्य प्राप्तिमा सामूहिक प्रतिबद्धता जनाउँदै सरकारसँग हातेमालो, साझेदारी र सहकार्य गर्न आह्वान गर्दछु ।’
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार सहिदहरूको त्याग, समर्पण र बलिदानको उच्च कदर गर्ने बताउँदै यस दिवसले सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको हित र अधिकारका लागि समर्पित हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै संविधानले परिकल्पना गरेको लक्ष्य प्राप्त गर्नु नै सहिदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास व्यक्त गर्नुभएको छ ।
![शहीद दिवस क्रमशः बन्दै छ सरकारी दिवस](https://ehimalayatimes.com/wp-content/uploads/2025/01/Magh-16-means-Martyrs-Day-Hita-fornt-page-150x150.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच