
काठमाडौं । आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशलाई सडन डेथमा हराउँदै संकटा क्लब सभापति कप फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनलमा संकटाले बागमतीलाई सडन डेथमा ४-३ गोलले हराएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो ।
त्यसपछि सोझै टाइब्रेकरमा पुगेको खेलमा संकटाले सडन डेथमा बाजी मारेको हो । टाइब्रेकरमा बागमतीका गोलरक्षक दीप कार्की नायक बन्दा बागमती भाग्यमानी बन्यो ।
टाइब्रेकरमा संकटाका लक्ष्छु थापा, साम कार्लोस, दीप कार्की, सुनिल खड्काको प्रहार सफल भएको थियो । राम थापा र रोशन पहारीको प्रहार बागमतीका गोलरक्षक विकेश कुथुले बचाउनुभयो । बागमतीका नवीन लामा, फोडे फोफाना, सेनेगलाइज एलेक्सले गोल गर्दा कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार गोलरक्षक दीपले विफल पार्नुभएको थियो । रजत तिवारीको प्रहार पोस्टमाथि हुईकिएपछि बागमती स्तब्ध बन्यो ।
उपाधिसँगै संकटाले २६ लाख रुपैयाँ पुरस्कार पायो । उपविजेता बागमतीले १३ लाख रुपैयाँ प्राप्त गर्यो । प्रतियोगितामा विजेता संकटाका कप्तान एवं गोलरक्षक दीप कार्की सर्वोत्कृष्ट खेलाडी हुनुभयो । उहाँले ७५ हजार रुपैयाँ पुरस्कार पाउनुभयो । सर्वाधिक गोलकर्ताको पुरस्कार संकटाका अबेकाह रिचार्ड, न्युरोड टिम (एनआरटी) का अन्जन बिष्ट र कृतिशरत्न छुन्जुले पाउनुभयो । दुई गोल गर्न सफल तीनैजनाले जनही ५० हजार रुपियाँ प्राप्त गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजक बागमतीका विकेश कुथु चुनिनुभयो । उहाँले पनि ५० हजार रुपैयाँ हात पार्नुभयो । बागमतीका सन्दीप कार्की उदयीमान खेलाडी बन्दै २५ हजार रुपैयाँ हात पार्नुभयो ।
नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले आयोजना गरेको प्रतियोगितामा आयोजकसहित आठ टिमले भाग लिएका थिए ।
विजेतालाई नेपाली कांग्रेसका सभाति शेरबहादुर देउवा, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिका संयोजक मोहनबहादुर बस्नेतलगायतले पुरस्कार प्रदान गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच