छायाँवछवि तीज म्युजिक अवार्डको दशौं संस्करण सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । छायाँवछवि तीज म्युजिक अवार्डको दशौं संस्करण सम्पन्न भएको छ । तारेकेश्वर नगरपालिकाका उपप्रमुख सिर्जना बुर्लाकोटी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लामो समयदेखि विभिन्न क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याएका चारजना महिलाहरूलाई ‘छायाँछवि तीज नारी सम्मान’ प्रदान गरिएको थियो । सम्मानित हुनेहरूमा चलचित्र अभिनेत्री रश्मी भट्ट, सञ्चारकर्मी कमला जोशी, गीतकार/सञ्चारकर्मी कृष्णदेवी आचार्य ‘रोशनी’ र सञ्चारकर्मी सवि कार्की खड्का रहनुभएको थियो ।

छायाँछविका क्रियशनका अध्यक्ष शान्तिप्रियले नेपाली मौलिक परम्परा विशेषगरी नेपाली महिलाहरूको महान चाड तीजको अवस पारेर आयोजा गरिँदै आएको छायाँछवि तीज म्युजिक अवार्डका माध्यमबाट कलाकारहरूलाई आफ्नो क्षेत्रमा क्रियाशील रहनको लागि थप प्रोत्साहन मिलोस र चाडबाडमाको नाममा हुने विकृति विसंगती रोक्दै हाम्रो आफ्नै मौलिक परम्परा जोगाउने किसिमका गीतसंगीतहरू नेपाली दर्शक तथा श्रोताहरू माझ पस्कन कलाकारलाई थप ऊर्जा मिलोस् भन्ने उद्देश्य लिएर विगत दश वर्षदेखि निरन्तर रूपमा यो अवार्डको आयोजना हुँदै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि अर्यालले तारकेश्वर नगरपालिकाले पनि आगामी दिनमा कलाकारलाई प्रोत्साहन गर्न विभिन्न किसिमका कार्यक्रम ल्याउने तयारी भइरहेको बताउनुभयो ।

यस्तै, चलचित्र निर्देशक तथा तीज म्युजिक अवार्ड समारोहका निर्देशक माधव खरेलले दश वर्षअगाडिदेखि आयोजना हँुदै आएको यस कार्यक्रमले मौलिक परम्परालाई जोगाउने मुलः उद्देश्य लिएको र यस्ता किसिमका कार्यक्रमलाई व्यवसायीकरण गर्नुभन्दा आफ्नो कला संस्कृति जोगाउनतर्फ सबैले ध्यान दिन आग्रह गर्नुभएको थियो ।

समारोहमा वरिष्ठ चलचित्र अभिनेत्री बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, गीतकार भरत बम्जन, संगीतकार सन्तोष क्षेष्ठ, चलचित्र निर्माता तथा वितरक गोपालकाजी कायस्थ, गायक तथा चित्रकार ज्योति प्रकाश, कलाकार श्रीदेव भट्टराई, सानिया खान, लिगेश भट्टराई, सामना शाहलगायत व्यक्तित्वको सहभागिता थियो ।

सञ्चारकर्मी दीपज्योति थापाले सहजीकरण गरेको समारोहका सदस्यमा दीपक थापा, शोविता सुर्खेती सदस्य रहनुभएको थियो । कलाकार शिवहरि बैरागी नेपाल, संगीतकार मनोज चौलागार्इं, गायिका दुर्गा परियार, गायक राज सागर र निर्देशक कमल एक्चै मगर निर्णायक रहनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?