
काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालको वैवाहिक सम्बन्धमा दरार आएको आशंका गरिएको छ । अभिनेत्री लम्सालले पति र विवाहका तस्वीर सामाजिक संजालबाट हटाएपछि यस्तो आशंका जम्मिएको हो ।
अभिनेत्री अरुणिमाको इन्स्टाग्राम र फेसबुकको टाइमलाइनमा अहिले पति युवराज श्रेष्ठ र विवाहका तस्वीरहरू देखिँदैनन् ।
गत भदौमा सुनसरीका कांग्रेस नेता युवराज श्रेष्ठसँग अरुणिमाको काठमाडौंको एक मन्दिरमा दोस्रो विवाह भएको थियो ।
पछिल्लो समय अमेरिका बस्दै आउनुभएकी लम्साले सामाजिक सञ्जालबाट श्रीमानसँगका सबै तस्बिरहरु गायब गराएपछि उहाँको श्रीमान्सँग सम्बन्ध राम्रो नभएको चर्चा चल्न थालेको हो ।
अरुणिमाले विवाहका तस्विर र भिडिओहरु प्रशस्तै संख्यामा आफ्नो फेसबुकमा राख्नुभएको थियो । ती तस्वीररभिडिओहरु अहिले देखिएको छैन ।
अरुणिमाका यसअघि अमित अर्यालसँग पहिलो विवाह भएको थियो। पहिलो विवाह टुटेपछि अरुणिमाले युवराजसँग मागी विवाह भएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच