
झापा । 'नो केवलकार' पक्षधर र सरकारी वार्ता टोलीबीच सोमबार साँझ भएको वार्ता निष्कर्षहीन बनेको छ । यद्यपि, ललितपुरको होटल हिमालयमा छलफलका लागि बसेका दुबै पक्ष मंगलबार फेरि वार्तामा बस्न भने सहमत भएका छन् ।
दुवै पक्ष बीच भएको प्रारम्भिक चरणको वार्तामा पाथीभरा (मुकुम्लुङ) संरक्षण पक्षधर वार्ता सहजीकरण समितिका संयोजक अमर तुम्याहाङले वार्ताका लागि केही सर्त राख्नु भएको थियो ।
सरकारी वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई संयोजकत्वको समिति समक्ष राखिएको सर्तमा केवलकार निर्माण कार्य रोकिनु पर्ने पनि छ ।
पक्राउ परेका संरक्षण पक्षधर कार्यकर्ता छोड्ने सहमति जनाए पनि सरकारी टोलीले केवलकार निर्माणको काम रोक्ने र मुककुम्लुङ क्षेत्रबाट सुरक्षाकर्मी फिर्ता हुनु पर्ने विषयमा स्पष्ट धारणा नराखेपछि आजको वार्ता टुङ्गिएको हो ।
वार्तामा संघर्ष समितिको तर्फबाट संयोजक तुम्याहाङ सदस्य शंकर लिम्बु, राम मादेन र सरस्वता सिंघक (सरु) बस्नु भएको थियोे । सरकारी पक्षबाट संयोजक भट्टराई वार्तामा बसेको खुलाइए पनि अन्य को ( को सहभागी थिए प्रष्ट पारिएको छैन ।
आज मंगलबार फेरि वार्तामा बस्ने गरी दुवै पक्ष छुटेको जनाइएको छ । वार्ताका पूर्व सर्त सरकारी टोलीले नमानेपछि यातायात बन्द निरन्तर हुने आन्दोलनरत पक्षले जनाएको छ । आन्दोलनलाई निरन्तरता दिइने किरात याक्थुङ चुम्लुङले जनाएको छ ।
केवलकार निर्माण खारेज नभएसम्म बन्दलाई थप शसक्त बनाउने, आईएमई बैंकको कार्यालय केन्द्रित विरोध कार्यक्रम गर्ने, केही दिनपछि आन्दोलनको स्वरुप परिवर्तन गरेर थप सशक्त बनाउने आन्दोलनरत पक्षले स्पष्ट पारेको छ ।
माघ २२ गतेदेखि आमहड्ताल गर्ने भनिएपनि यातायात बन्दलाई मात्रै निरन्तरता दिइने जनाइएको छ । आन्दोलनमा ११ वटा सामाजिक र नौवटा राजनीतिक संघसंगठनको सहभागिता छ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच