म्याग्दी । पश्चिम म्याग्दीको बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा रु एक करोड ५१ लाखभन्दा बढी आर्थिक संकलन भएको छ ।
मालिका गाउँपालिका वडा नं ७ मा २०६८ सालबाट संचालित प्राविधिक शिक्षालयले गत कार्तिकमा स्थापना गरेको अक्षय कोषमा देश तथा विदेशमा रहेका बिमवासीको तर्फबाट चार महिनाको अवधीमा रु एक करोड,५१ लाख,१७ हजार,सातसय २३ रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक जंगबहादुर गर्बुजाले बताउनुभयो । गत कार्तिकमा तिहारमा गाउँमा देउसीभैलो खेलेर संकलन भएको रु ३३ लाख ९२ हजार रकमबाट अक्षयकोष स्थापना गरिएको थियो ।
“दैनिकजसो स्वतस्फूर्त रुपमा सहयोग आइरहेको छ, संसारभरी रहेका बिमबासीबाट पनि सहयोग जुटाइरहेका छौ”प्रधानाध्यापक गर्बुजाले भन्नुभयो । अक्षयकोषका लागि विदेशमा रहेका बिमबासीले अभियान नै सञ्चालन गरेपछि छोटो समयमा अपेक्षा गरे अनु्सार आर्थिक संकलन भएको उहाँले बताउनुभयो । “यो सक्रियता विमबासीको एकताको नमुना पनि हो,आफ्नो गाउँको प्राविधिक शिक्षालयमा स्थापना हुने अक्षयकोषका लागि मन खोलेर सहयोग भइरहेको छ” प्राचार्य गर्बुजाले भन्नुभयो ।
“अक्षयकोष स्थापनाका लागि गाउँमा खेलिएको देउसीभैलोमा करिव ३४ लाखको हाराहारीमा संकलन भएको थियो । देशका विन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिनका लागि यहाँ आउनुहुनेगरिब,विपन्न र जेहेनदार विद्यार्थीहरुको सहयोगका लागि दुई करोडको किसानी सञ्जीवनी अक्षयकोष स्थापनाको अभियान सञ्चालन भइरहेको छ । यो अभियानमा आफ्नो क्षमता अनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरेको छ” उहाँले भन्नुभयो ।
व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन् ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बीच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन् ।
कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरु उत्पादन गरी बजारमा लगेर बिक्री समेत गर्ने गरिएको छ।
कृषि प्राविधिक शिक्षालयको स्थापना भएपछि बिम गाउँ समेत नेपालभित्र चर्चामा छ । यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच