
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा म्यानचेस्टर सिटी पराजित भएको छ । गएराति भएको खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–२ ले हराएको हो।
म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको ८६ औं मिनेटमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो।
खेलको १९ औँ मिनेटमा एर्लिङ हलान्डाको गोलमा सिटीले अग्रता लिएको थियो। लामो समय १-० गोलको अग्रतामा रहेको सिटीविरुद्ध रियलका लागि ६० औँ मिनेटमा केलिएन एम्बाप्पेले बराबरी गोल गर्नुभयाे ।
८० औँ मिनेटमा डानी सेलबासले फिल फोडेनलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै हलान्डले नै सिटीलाई दोस्रो पटक अग्रता दिलाउनु भयाे। खेल सकिन १० मिनेट बाँकी हुँदासम्म रियलविरुद्ध सिटी २–१ ले अगाडि थियो।
घरेलु मैदानमा जित नजिक पुगेको सिटीविरुद्ध खेलको ८६ औँ मिनेटमा डाइम ब्रियाजले बराबरी गोल गर्नुभयाे भने जुड बेलिङघमले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा ३–२ ले स्तब्ध बनाउनुभयाे।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच