नेपाली मौलिकताको समाजवाद आवश्यक : वर्षमान पुन

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 1 min

भोजपुर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली मौलिकताको समाजवाद आवश्यक रहेको बताउनु भएको छ ।

भोजपुर नगर पार्टीको दोश्रो नगर अधिवेशनको उद्घाटन गर्नुहुँदै पुनले पार्टीको आठौ महाधिवेशनबाट नै नेपाली मौलिकताको समाजवाद नयाँ कार्यदिशा हुने भनिएकाले सोही अनुसार अगाडी बढन आवश्यक रहेको बताउनुभयो ।

समाजवाद मौलिक र नेपाली बिशेषता सहितको हुने बताउँदै पुनले भन्नुभयो, “देशभक्त, प्रगतिशिल शक्ति र लोकतात्रिक शक्तिको पार्टी माओवादी केन्द्र भएकाले नेपालीको आफनै माौलिकता सहितको समाजवाद हुने छ ।”

भोजपुरको पनि आफ्नै बिशेषता रहेको बताउँदै पूर्वमन्त्री समेत रहनु भएका पुनले ०८४ सालको निर्वाचनमा एक्लै जित्ने गरी नगरको बिशेषताअनुसार अगाडी बढ्न पनि नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?