काठमाडौं । बंगलादेशको ढाकामा हुने बंगबन्धु सेख मुजिब ढाका म्याराथनमा सात नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । तीन पुरुष र चार महिला गरी सात खेलाडीले म्याराथन (४२.१९५ किलोमिटर) मा प्रतिस्पर्धा गर्न लागेका हुन् । म्याराथन जनवरी २६ तारिखमा हुँदैछ ।
पुरुष खेलाडीमा १३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता किरणसिंह बोगटी, खड्गबहादुर खड्का र प्रकाशसिंह ऐर रहनुभएको छ । महिलामा पुष्पा भण्डारी, १३औँ सागकी स्वर्णधारी सन्तोषी श्रेष्ठ, विन्द्राधन्के श्रेष्ठ र सुमित्रा चौधरी हुनुहुन्छ ।
ढाका म्याराथनको विगतका संस्करणमा पुष्पाले दुई स्वर्ण र एक कांस्य तथा विन्द्राले एक कांस्य पदक जित्नुभएको छ । प्रशिक्षकमा राकेश बज्राचार्य रहनुभएको छ । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार एक कार्यक्रमबीच बिदाइ गर्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच