
काभ्रे । ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता-२०८१’ मा आजाद माध्यमिक विद्यालय बालुवाकी सविना नकर्मी विजेता बन्न सफल हुनुभएको छ । रिना फाउण्डेशनको आयोजना एवं पाँचखाल नगरपालिकाको सहकार्यमा भएको प्रतियोगितामा श्रीराम माध्यमिक विद्यालय कोशीदेखाकी आयुषा तामाङले द्वितीय उपाधि जित्नुभयो भने भक्रमदेवी माध्यमिक विद्यालय पाँचखालकी सृष्टि तामाङले तृतीय उपाधि चुम्न सफल हुनुभएको थियो ।
‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता-२०८१’ मा जोरपाटी माध्यमिक विद्यालय तीनपिप्लेकी सजिना परियार र गणेश माध्यमिक विद्यालय पाँचखालकी सलिना परियारले सान्त्वना पुरस्कार जित्नु भएको थियो ।
रिना फाउण्डेशनकी अध्यक्ष गोपा थापामगर (रिना)को सभापतित्वमा भएको ‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता-२०८१’ कार्यक्रमको पाँचखाल नगरपालिकाका नगरप्रुमख महेश खरेलको प्रमुख आतिथ्यता थियो । कार्यक्रम पाँचखाल नगरपालिका-१३ कोशीदेखाको श्रीराम उच्च माध्यमिक विद्यालयको प्रांगामा सम्पन्न भएको थियो ।
‘नगरस्तरीय अन्तरविद्यालय नृत्य प्रतियोगिता-२०८१’को निर्णायकमा मोडल उषा सुवेदी, नृत्य निर्देशक प्रविन थापा, मोडल तथा नृत्यंगना रविना भण्डारी, मोडल तथा नृत्यंगना अस्मिता रनपाल लगायतका रहनुभएको थियो । गायक तथा संगीतकार पीएन सापकोटाले सञ्चालन गर्नुभएको थियो कार्यक्रममा गायक सरोज लामिछाने, गायिका सुशीला गौतम, गायक जोगलाल लामालगायत एक दर्जनले सांगीतिक प्रस्तुतिसमेत दिनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच